२१ कार्तिक २०८३, शनिबार

कांग्रेस पराजित हुने डरले तालमेल गर्दै छ : भीम रावल

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ साउन । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले नेपाली कांग्रेस पराजित हुने डरले तालमेल गरेर स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गर्न लागेको आरोप लगाएका छन् ।

नेपाली रेडियो नेटवर्कमा मंगलबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै उपाध्यक्ष रावलले एमालेको पक्षमा जनलहर देखेर कांग्रेस र माओवादी केन्द्र तर्सिएको बताए ।

‘कांग्रेस पराजित हुने डरले साना दलहरूसँग मिलेर प्रतिस्पर्धामा उत्रियो’, उनले भने, ‘कांग्रेस धेरै ठाउँमा पराजित हुन्छ । एमाले एक नम्बर पार्टी बन्छ ।’

एमालेका उम्मेदवारहरूको पक्षमा जनलहर दिन प्रतिदिन बढ्दै गएको उनको भनाइ थियो । ‘पहिलो चरणको निर्वाचनमा पनि एमाले पहिलो पार्टी बनेको छ’, रावलले भने, ‘दोस्रो चरणको निर्वाचनमा पनि पहिलो पार्टी बन्छौँ । तेस्रो चरणमा पनि एमालेलाई कसैले उछिन्न सक्दैन ।’