१५ कार्तिक २०८३, आइतबार

कांग्रेसको गढमा सबैभन्दा धेरै कांग्रेसकै बागी उम्मेदवार

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, ६ असार । असार १४ गते हुने स्थानीय तहको निर्वाचनको उम्मेदवार आइबार दर्ता भएको छ। दाङमा छ सय २० जनप्रतिनिधिका लागि उम्मेदवारी दर्ता भइसकेको छ ।

उम्मेदवारी दर्ता भएसँगै अन्य दलहरुमा चुनावी अभियान सक्रिय हुँदा दाङ कांग्रेसमा भने वागी उम्मेदवारको समस्या थपिएको छ । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

उम्मेदवार चैनदेखि सुरु भएको असन्तुष्टि उम्मेदवारी दर्तासम्म आउँदा कांग्रेस भित्रका समस्या छताछुल्ल भएका हुन् । दाङमा कांग्रेस प्रभावशाली नेताका भजितादेखि स्थानीय स्तरमा क्रियाशिल नेतासम्म पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध वागी बनेका छन् ।

जिल्लामा रहेका १० स्थानीय तहमा ४ तहमा प्रमुख उपप्रमुखमा कांग्रेस उम्मेदवारमा वागी परेको छ भने अन्यमा वडाहमा वागी परेको छ ।

दाङको लमही नगरपालिकाको मेयर पदका लागि कांग्रेस उम्मेदवारको बागीका रुपमा नेपाली कांग्रेसका प्रभावशाली नेता पूर्व मन्त्री तथा केन्द्रीय सदस्य खुमबहादुर खड्काका भतिजा डिल्लीबहादुर खड्काले उम्मेदवारी दर्ता गराउनु भएको छ। लमहीमा नेता खड्काले नै मेयरको लागि कांग्रेसबाट जोगराम चौधरीलाई टिकट दिनु भएको छ ।

यसैबीच शान्तिनगर गाउँपालिकामा पनि कांग्रेस उम्मेदवारका विरुद्धमा बागी उम्मेदवार खडा भएका छन् । कांग्रेस नेता हेमन्त कुमार योगीले गाउँपालिका प्रमुखमा उम्मेदवारी दिनु भएको छ ।

योगी पूरै टिम खडा गरेर कांग्रेसको वागी बन्नु भएको हो। उप्रप्रमुखका तारा ओलीले उम्मेदवारी दिनु भएको छ। शान्ती नगरमा कमानसिंह डागीले कांग्रेसबाट प्रमुखमा उम्मेदवारी दिनु भएको छ ।

त्यसैगरी गढवा गाउँपालिकामा कांग्रेस उम्मेदवारको विरुद्धमा कांग्रेसका डिल्ली आचार्यले बागी उम्मेदवारी दिनु भएको छ। उहाँ गढवा गाविसको पुर्व जनप्रतिनिधि हुनुहुन्छ ।

सँगै बबई गाउँपालिकामा अध्यक्षमा टेकबहादुर ओली र उपाध्यक्षमा टेकबहादुर भण्डारीले कांग्रेसको उम्मेदवार विरुद्ध वागी उम्मेदवारी दिनु भएको छ ।

विभिन्न गाउँपालिका र नगरपालिकामा गरेर ३० बढी वडामा कांग्रेसका वागी उम्मेदवार रहेका छन् । कांग्रेसको गढ मानिने दाङमा धमाधम कांग्रेसका वागी उम्मेदवार बनेपछि जिल्ला पार्टीलाई समेत टाउको दुखाईको विषय भएको छ ।

जिल्ला सभापति किर्तीबहादुर खडकाले वागीले आधिकारिक उम्मेदवारलाई समस्या पारेको भन्दै वागी उम्मेदवारी फिर्ता हुने बताउनु भयो । ‘पार्टीले सबै स्वतन्त्र उम्मेदवारलाई आग्रह गरेको छ’, उहाँले भन्नुभयो, ‘त्यो आग्रह मानिएन भने कडा भएर जान्छौँ ।

स्वतन्त्र उम्मेदवार बन्दै वागी उम्मेदवारी दर्ता गराएका कांग्रेस नेताले उम्मेदवारी फिर्ता नलिए सबैलाई ६ गतेपछि कारवाही गरेर साधारण सदस्यताबाट समेत हटाइने जिल्ला सभापतिले चेतावनी दिनु भएको छ ।