बाँके, ५ असार । असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा प्रदेश नम्बर ५ का पश्चिमी जिल्लाको कमाण्ड सम्हाल्न नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम नेपालगन्ज आईपुगेका छन् ।
सोमबार नेपालगन्ज उपमहानगरपालिकाको परस्पुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सहभागी भए । गौतमले आगामी दिनमा नेपालमा नेकपा एमाले र नेपाली काँग्रेसको बिचारधारा मात्रै रहने बताएका छन् । प्रेस चौतारी बाँकेले सोमबार नेपालगन्जमा आयोजना गरेको कार्यक्रममा उपाध्यक्ष गौतमले काङ्ग्रेससँग मिलेर प्राप्त हुने जनमत एमालेको मात्रै हुन नसक्ने बताए ।
सत्तारुढ दलहरुले हार्ने निश्चित भएपछि स्थानीय तह निर्वाचनको पटक–पटक मिति परिवर्तन गरेको उनले बताए । उपाध्यक्ष गौतमले २ नम्बर प्रदेशमा नेकपा एमालेले ५० प्रतिशत भन्दा बढि जनमत प्राप्त गर्ने दावी गरे । माओवादी केन्द्र र नेपाली काङ्ग्रेसकाबीचमा अहिले भईरहेको गठबन्धन अपवित्र भन्दै उनले माओवादी र काङ्ग्रेसले दुबै पार्टीबीच समानता छ भन्न सक्नुपर्यो भने ।
एमालेलाई २ नम्बर प्रदेशमा छिर्न दिन्नौं भन्नेहरुका घरभित्रै एमाले भएको उपाध्यक्ष गौतमले दावी गरे । अहिले नेकपा एमाले सबै नेपालीको मन मस्तिष्कमा रहेको भन्दै उपाध्यक्ष गौतमले एमालेको पक्षमा देशब्यापी जनलहर देखिएको बताए ।












प्रतिक्रिया