– सुदीप निउरे
क्वालालम्पुर, ५ असार । मलेसियाबाट सोमबार २८ जना नेपालीको उद्धार गरि घर फर्काइएको छ । पिनांगस्थित जुरु घरफिर्ती केन्द्रमा अलपत्र अबस्थामा रहेका उनीहरुलाई मलेसियास्थित नेपाली राजदूतावासको पहलमा नेपाल फकाईएको हो ।
एक साता अघि राजदूतावासको टोलीले जुरु घरफिर्ती केन्द्रको अवलोकन गरे लगत्तै उनीहरुको उद्धार गरिएको हो । गत बैशाख यता मलेसियाबाट एक सय १२ जना नेपालीको उद्धार गरिएको यहांस्थित नेपाली राजदूतावासले जानकारी दिएको छ ।
गत बैशाष ६ गत बुकित जलिल घरफिर्ती केन्द्रका १८ जना, बैशाख २६ गते सिसोनिया घरफिर्ती केन्द्रबाट ७ जना र गत जेष्ठ ११ गत पेकेनेनास घरफिर्ती केन्द्रबाट ५९ जनालाई एकतर्फी हवाई टिकटको ब्यबस्था गरि नेपाल फकाईएको मलेसियास्थित नेपाली राजदूत डाक्टर निरंजनमानसिंह बस्न्यातले जानकारी दिए ।
घरफिर्ती केन्द्रमा रहेका नेपालीहरुलाई घर फर्काउने कार्य निरन्तर जारी रहने डाक्टर बस्न्यातले बताए ।
जुरु घरफिर्ती केन्द्र पिनांगबाट उद्धार गरि नेपाल फर्काईएकाहरुको नामावली यसप्रकार छ:


















प्रतिक्रिया