१ कार्तिक २०८३, आइतबार

पाकिस्तानसँग लज्जास्पद हारपछि भारतीय क्रिकेट फ्यान आक्रोशित, ठाउँ ठाउँमा तोडफोड र प्रदर्शन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ असार । भारतलाई १८० रनको फराकिलो अन्तरले हराउँदै पाकिस्तानले आइसीसी च्याम्पियन ट्रफी उचालेपछि भारतीय क्रिकेट फ्यान आक्रोशित भएका छन् ।

उनीहरुले ठाउँ ठाउँमा तोडफोड, नाराबाजी र प्रदर्शन गरी भारतीय क्रिकेट टीमप्रति तीव्र आक्रोश पोखेका हुन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार भारतका विभिन्न राज्यमा हार सहन नसकेर फ्यानहरुले आक्रोश पोख्दै प्रदर्शन गरेको बताइएको छ । कानपुरका जनताले सडकमै उत्रिएर भारतीय क्रिकेट टीमको बिरोधमा नाराबाजी गरेका छन् । यसका साथै क्रिकेट टीमको पोष्टर जलाउँदै तोडफोड पनि गरे । त्यतिमात्र हैन धेरै फ्यानले भारतले हारेको रिसमा आफ्नो टेलिभिजन सेट नै फुटाएदिए ।

पाकिस्तानमाथि सधै जित्दै आएको भारतको अनपेक्षित हारपछि फ्यानमा एकाएक आक्रोश बढेको हो । उस्तै पनि भारत र पाकिस्तान एक अर्काका ‘दुश्मन’ राष्ट्र हुन् । यसलेगर्दा पनि भारतीय फ्यानले हार सहन नसकेको बताइएको छ ।