बाँके, ५ असार । दोस्रो चरणको निर्वाचनअन्तर्गत आइतबार (हिजो) भएको उम्मेदवारी मनोनयन दर्ताका दिन एक भारतीय नागरिक हतियारसहित नेपाल भारत सीमामा पक्राउ परेका छन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार नेपालगंज उपमहानगरपालिका–१६ स्थित चेकपोष्टमा जाँच गर्ने क्रममा भारतको रुपैडियाबाट नेपालगंजतर्फ साईकलमा आउँदै गरेका भारत बहराईच बस्ने २५ वर्षीय ओमप्रकाश सिंह ठाकुरलाई साथमा रहेको कटुवा पेस्तोल १ थान सहित आइतबार प्रहरीले पक्राउ गरेको हो ।
उनी निर्वाचन विथोल्ने तत्वसँग मिलेको आशंका गरिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया