१ कार्तिक २०८३, आइतबार

कांग्रेस नेता बडू आफ्नै कार्यकर्ताबाट कुटिए

46.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दार्चुला, ५ असार । नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद वडूमाथि आफ्नै कार्यकर्ताले हातपात गरेका छन् ।

आइतबार उनले दार्चुला सदरमुकामस्थित महाकाली नगरपालिकामा उम्मेदवारी दर्ता गराएपछिको आयोजित चुनावी सभालाई सम्बोधन गरेका थिए ।

सम्वोधन सकिएपछि पार्टी कार्यालय पुगेका वडूलाई कांग्रेसकै कार्यकर्ताले हातपातको प्रयास गरेका हुन् । स्थानीय पदम ठगुन्नाले आफ्ना बुबालाई टिकट नदिएको भन्दै गालिगलौज गरी हातपात गर्न खोजेका थिए ।

ठगुन्नालाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी केदार खनालले जानकारी दिए ।