सिरहा, ४ असार । सिरहाको धनगढीमाई नगरपालिका ७ की एक १४ वर्षिया वालिका सामुहिक बलात्कारको शिकार भएकी छिन् । सोही गाउँका सत्यण मण्डल र विलेक्षण पंण्डितले वालिकालाई असार २ गते मध्यरातमा शौच गर्न घर वाहिर निस्केको वेला अपहरण गरी उखुवारीमा लगेर लगातार ४ घण्टासम्म बलात्कार गरेको पिडित वालिकाले बताईन् ।
बलात्कृत वालिकाको अवस्था नाजुक छ । उनी रुने कराउने, चिच्याउने र घरीघरी बेहोस हुने गर्छिन् । होसमा आए पछि आत्महत्या गर्छु भन्छिन् । उनको जीउ भरी निलडामहरु छ । वालिकाको मानशिक मनोदशा ज्यादै तनावपूर्ण छ । वलात्कृत वालिकाको आर्थिक अवस्था ज्यादै नाजुक भएकोले औषधी उपचार गर्ने सामथ्र्य पनि नभएको पिडितकी आमा सावरवत्ती पण्डितले बताईन् ।
पिडित वालिकाको बुवा र दाजू वैदेशिक रोजगारीको लागि खाडी मुलुकमा छन् । घरमा पुरुष नभएकोले छोरीलाई आँगनवाटै अपहरण गरेर बलात्कार गरे पिडितकाी आमाले विलौना गर्दै भनिन् । सामुहिक बलात्कारपछि बलात्कारीहरुले विहानीपख ४ वजे वेहोस अवस्थामा वालिकालाई घरको आँगनमा ल्याएर फालिदिएको पिडितकी आमाले बताईन् । आमा पण्डितले भनिन्– विहान उठदा छोरी बेहोस अवस्थामा आँगनमा भेंटे । सोधीखोजी गर्दा बलात्कार भएको थाहा पाए ।
बलात्कारीहरु रक्सी खाएका थिए । म शौच गर्न निस्केको वेला मलाई पछाडीवाट समाए । सलले मुख थुनिदिए र दुई जनाले बोकेर सडक पारी उखुवारीमा लगे । हल्ला गरे वा कसैलाई घटनावारे सुनाए तिम्रो आमालाई पनि बलात्कार गर्ने र भाईलाई अपहरण गरी मारी दिने धम्की दिएको पिडित वालिकाले बताएकी छन् ।
बलात्कारी विरुद्ध पिडित वालिकाकी र उनकी आमाले ईलाका प्रहरी कार्यालय गोलवजारमा जाहेरी दर्ता गराएकी छिन् । बलात्कारीहरु भने घटना पछि फरार भएका छन् । प्रहरी निरीक्षक राजेन्द्र उपाध्यायले घटनामा संलग्नहरु फरार भएको र खोजीकार्यका लागि प्रहरी परिचालन गरिसकेको बताए ।
सिरहामा यो साता १४ वर्षिय वालिकाको वलात्कार भएको यो दोश्रो घटना हो ।













प्रतिक्रिया