२१ कार्तिक २०८३, शनिबार

बर्दियामा बाजागाजासहित नाचगान गर्दै मनोनयन दर्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सुदीप अधिकारी

बर्दिया,४ असार । स्थानिय तह निर्वाचनमा उम्मेदवारी मनोनयनको ब्यग्र प्रतिक्षामा रहेका बर्दियाबासीले आइतबार बाजागाजासिहत भब्यरुपमा निर्वाचन कार्यालयमा उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । जिल्लाका ८ वटै स्थानिय तहमा मुख्य दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले र्याली र बाजागाजासिहत नाराबाजी गर्दै निर्वाचन कार्यालय पुगेका थिए ।

मनोनयन पत्र दर्ता गर्ने क्रम मतदाता र उम्मेदवार सबै निकै उत्साहित देखिएका थिए । वाजागाजा र र्यालीसहित मनोनयन दर्ता गरेसँगै निकै उत्साह थपिएको उम्मेदवारहरुले प्रतिक्रिया दिएका छन् । दलका उम्मेदवारहरु फुलमाला, खादासहित अबिर दलेर मनोनयन स्थल पुगेका थिए ।

जिल्लामा राजनीतिक दललगाएत विभिन्न स्थानिय तहमा स्वतन्त्र उम्मेदवारले पनि मनोनयन पत्र दर्ता गरेको मुख्य निर्वाचन कार्यालय बर्दियाले जनाएको छ । विभिन्न स्थानिय तहमा स्वतन्त्र उम्मेदवारले मेयर, उपमेयरदेखि वडा अध्यक्ष र सदस्यमा समेत मनोनयन दर्ता गरेका छन् ।

सदरमुकाम गुलरिया नगरपालिकामा नेपाली कांग्रेस, नेकपा एमाले, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, राष्ट्रिय जनमोर्चा लगायत स्वतन्त्र उम्मेदवारले पनि मनोनयन पत्र दर्ता गराएका छन् ।

मनोनयन दर्ताका क्रममा कतै पनि अप्रिय घटना नभएको निर्वाचन कार्यालयले जनाएको छ । शंकास्पद गतिविधी गरेको भन्दै शनिबार ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।