– आकाश देबकोटा
बाँके, ४ असार । बाँकेको डुडुवा गाउँपालिकामा नेकपा एमालेका तर्फबाट प्रमुखमा शकील अहमद खानले उम्मेदवारी दिएका छन् । यसैगरी उपप्रमुखमा कृष्णावती पाण्डेले उम्मेदवारी दिइन् ।
उम्मेदवारी दर्ताअघि बनकट्टीमा नेकपा एमालेको पक्षमा जनलहर उर्लिएको थियो । डुडुवाका ६ वटै वडाबाट हजारौं मतदाताहरु उम्मेदवारी दर्ता कार्यक्रममा सहभागी हुन कम्दी पुगेका थिए । उम्मेदवारी दर्ताका लागि बनकट्टी पुगेका नेकपा एमालेका बैकल्पिक केन्द्य्रीय सदस्य मो. हारुनले डुडुवामा एमालेको जित सुनिश्चित भएको बताए ।













प्रतिक्रिया