कपिलबस्तु, ४ असार । बिजयनगर गाउँपालिका–५ स्थित सोही गाउँपालिकाको कार्यालय भवनमा उमेद्वारी मनोनयन दर्ता गर्ने कार्य भइरहेको अबस्थामा प्रहरीमाथि ढुंगामुढा गर्ने राष्ट्रिय जनता पार्टी नेपालका ९ जना कार्यकर्तालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
सो पार्टीका कार्यकर्ताले उमेद्वारी मनोनयन दर्ता कार्यक्रममा एक्कासि अवरोध गरेपछि प्रहरीले सम्झाई बुझाई गर्नेक्रममा प्रहरीमाथि नै ढुङगा प्रहार गर्दा ईलाका प्रहरी कार्यालय गणेशपुरको ना.१ झ ९११ नम्बरको टाटा पिकप भ्यानको अगाडिको शिशा फुटेर क्षति भएको छ ।
यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।













प्रतिक्रिया