२१ कार्तिक २०८३, शनिबार

गुल्मीका १२ वटै स्थानीय तहमा बाजागाजासहित मनोनयन दर्ता

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– अनिल खत्री

गुल्मी, ४ असार । दोस्रो चरणमा असार १४ गते हुने स्थानिय निर्वाचनको लागि आइतवार बिहानैदेखि गुल्मीमा बिभिन्न पार्टीका उम्मेदवारहरु उत्साहपूर्वक मनोनयन गरेका छन् । जिल्लामा रहेका २ नगर सहित १० गाउँपालिकाको लागी उम्मेदवारहरुले मनोनयनका लागी निर्वाचन कार्यालयमा पुगेका थिए ।

जिल्लामा रहेका १२ वटै स्थानिय तहमा शान्तिपुर्ण रुपमा मनोनयन दर्ता भइरहेको मुख्य निर्वाचन अधिकृत मात्रिका मरासिनीले जानकारी दिए । शान्तिपूर्ण उत्साह पुर्ण वातावरणमा मनोनय दर्ता भएको मरासिनीले जानकारी दिए । मनोनयन दर्ताका लागी जिल्लामा ठुला तिन दललले सुरुमा साना लदलाई समय दिएका थिए ।

मनोनय दर्ताका लागी दलहरुले शक्ती प्रदर्शनसहित निर्वाचन कार्यालय पुग्ने गरेका थिए । नगरका बिभिन्न ठाउँमा पुगी निर्वाचन कार्यालय पुग्ने गरेका थिए । जिल्लामा सुरुमा साना दलहरुलाई दिइएको छ भने त्यस पछी एमाले, माओवादी कांग्रेसलाई मनोनउन दर्ताको लागी समय बाडीएको थियो ।

जिल्लामा कांग्रेस, एमाले, माओवादी केन्द्र, नयाँ शक्ति, क्रान्तिकारी माओवादी लगायतका दललले प्रमुख सहित मनोनयन दर्ता गरेका छन् । केहि साना दलहरुले वडाहरुमा अध्यक्ष सहित मनोनय दर्ता गरेको छन् । प्रमुख तिन ठुला दलले जिल्लामा रहेका १२ वटा स्थानिय तह सहित ९३ वटा वडामा अध्यक्ष सहितका उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन् ।

जिल्लामा रहेका पाँच स्थानिय तहमा कांग्रेस माओवादीकेन्द्र बिच चुनावी तालमेल भएको छ । जिल्लाका रुरु गाउँपालिका, कालिगण्डकी गाउँपालिका, सत्यवती गाउँपालिका, धुर्कोट गाउँपालिका, छत्रकोट गाउँपालिकामा कांग्रेस माओवादी बिच तालमेल गरेर उम्मेदवा।र चयन गरेका छन् । एमालले भने एउटा गाउँपालिकामा मात्र जनमोर्चा संग तालमेल गरेको छ । जिल्लामा रहेको कालिगण्डकी गाउँपालिकामा एमाले र जनमोर्चा बिच तालमेल भएको छ ।