९ मंसिर २०८३, बुधबार

मानव अधिकार उल्लंघन भएको भन्दै राजपाद्वारा अनुगमन गर्न माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

काठमाडौं, ४ असार । राष्ट्रिय जनता पार्टी नेपालले तराई मधेसको आन्दोलनका बेला राज्यका तर्फबाट अत्याधिक दमन भएको भन्दै राष्ट्रिय मावन अधिकार आयोगसँग अनुगमनको माग गरेको छ ।

राजपाका नेताहरूले आइतबार आयोगको कार्यालय पुगेर तराई मधेसको आन्दोलनको अनुगमन गर्न माग गरेका हुन् ।

राजपाका नेता तथा आन्दोलन परिचालन समितिका सदस्य केशव झाका अनुसार शान्तिपूर्ण प्रदर्शनका क्रममा राज्यका तर्फबाट अत्याधिक बल प्रयोग गर्नुका साथै धरपकड हुन थालेपछि आयोगसँग अनुगमनका लागि आग्रह गरिएको हो ।

स्थानीय तहको निर्वाचन बहिष्कार गरेको राजपा नेपालले तराईका जिल्लाहरूमा बन्द लगायतका कार्यक्रम गर्दै आएको छ । आन्दोलनका बेला विभिन्न स्थानहरूमा प्रहरीसँग झडप हुनुका साथै थुप्रै नेता तथा कार्यकर्ताहरू पक्राउ परेको नेता झाले बताए ।