९ मंसिर २०८३, बुधबार

कुमारी बैंक भिसा इन्टरनेशनलद्वारा दुई विधामा सम्मानित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भिसा इन्टरनेशनलद्वारा आयोजित ‘भिसा लिडरसिप कन्क्लेभ नेपाल २०२६’मा कुमारी बैंक लिमिटेडको सीमापार कारोबार तथा उपभोक्ता क्रेडिट कार्ड व्यवसाय क्षेत्रमा हासिल गरेको उल्लेखनीय कार्यसम्पादनलाई उच्च रूपमा मूल्याङ्कन गर्दै सम्मान गरिएको छ ।

विगतका वर्षहरूमा झैं यस वर्ष पनि कुमारी बैंक ‘एक्सिलेन्स इन क्रस बोर्डर बिजनेस’ तथा ‘एक्सिलेन्स इन कन्ज्युमर क्रेडिट कार्ड्स बिजनेस प्रिन्सिपल क्लाइन्ट’ विधामा सम्मानित भएको हो ।

लगातार तीन वर्षदेखि प्राप्त गरेको यस सम्मानले अन्तर्राष्ट्रिय भुक्तानी सेवाको विस्तार, सीमापार कारोबारको प्रवद्र्धन तथा ग्राहक केन्द्रित कार्ड सेवामार्फत कुमारी बैंकले हासिल गरेको व्यवसायिक उत्कृष्टतालाई प्रतिबिम्बित गरेको बैंकले जनाएको छ ।

डिजिटल भुक्तानी प्रणालीले विश्वव्यापी रूपमा कारोबार, यात्रा तथा वित्तीय पहुँचको स्वरूप परिवर्तन गरिरहेको वर्तमान परिवेशमा कुमारी बैंकले आफ्ना ग्राहकहरूलाई सुरक्षित, सहज तथा नवीन भुक्तानी समाधान उपलब्ध गराउँदै आएको छ । विशेषगरी भिसा कार्डमार्फत प्रदान गरिएका सेवाहरू तथा अन्तर्राष्ट्रिय कारोबारसम्बन्धी सुविधाहरूलाई थप प्रभावकारी बनाउने दिशामा बैंक निरन्तर सक्रिय रहेको छ ।

स्थापनाकालदेखि नै बैंकिङ सेवामा आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै आएको कुमारी बैंकले डिजिटल बैंकिङ, कार्ड सेवा तथा विद्युतीय भुक्तानी प्रणालीको विकास र विस्तारलाई निरन्तरता दिएको छ ।

आगामी दिनहरूमा पनि ग्राहकहरूको आवश्यकता अनुरूप थप उन्नत, सुरक्षित तथा विश्वसनीय वित्तीय सेवा प्रदान गर्दै डिजिटल रूपान्तरणको यात्रालाई अझ सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता बैंकले गरेको छ ।

विगत २५ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले देशभर रहेका २७९ शाखा सञ्जाल, २९५ एटीएम, ४१ एक्सटेन्सन काउन्टर तथा ४० शाखारहित बैंकिङ इकाइहरूमार्फत आफ्ना ग्राहकहरूलाई आधुनिक, सहज तथा गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ । साथै, डिजिटल बैंकिङ तथा भुक्तानी सेवाको पहुँच विस्तार गरी वित्तीय समावेशीकरणमा समेत महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ ।