दमक, ४ असार । झापाको दमकमा संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति नेपालले संयुक्त मनोनयन दर्ता गराएका छन् । दुवै पार्टीले आज संयुक्त उम्मेदवारी दर्ता गराएको फोरम नेपालका लिम्बुवान प्रदेश सचिवालय सदस्य कमन देवानले जानकारी दिए ।
दमक नगरपालिकाको मेयरमा सतीश साह र उपमेयरमा गंगा सागर शेर्माको उम्मेदवारी परेको हो । साह नयाँ शक्ति र शेर्मा फोरम नेपालका उम्मेदवार हुन् ।
त्यस्तै, दमक वडा नम्बर १ मा फोरम नेपालको सेट उम्मेदवार छन् । वडा अध्यक्षमा ओममाया आङ्देम्बे, महिला सदस्य कृश्नकुमारी अधिकारी, महिला दलित सदस्य कल्पना विक, खुल्ला सदस्यमा कुमार राई र पन्चमाया लिम्बू छन् ।
वडा ३ मा डम्बरबहादुर तिम्सिना अध्यक्ष नयाँ शक्तिबाट र खुला सदस्यहरू गंगाप्रसाद दुलाल र नरेन्द्र कुमार शेर्मा फोरम नेपालबाट उम्मेदार बनेका छन् ।
वडा ५ बाट अध्यक्षमा राजु खड्का र दलित महिला सदस्यमा सीता परियार नयाँ शक्तिबाट उम्मेदवार छन् भने महिला सदस्यमा उमा लिम्बू र खुल्ला सदस्यमा पुष्कर पोख्रेल ससफोबाट उम्मेदवार बनेका हुन् ।
वडा ६ बाट सेटमै नयाँ शक्तिले उम्मेदवारी दिएका छन् । अध्यक्षमा पुष्पराम न्यौपाने, महिला सदस्यमा सुनिता पौदार, दलित महिला सदस्यमा सुनिता राम मोची, खुल्ला सदस्यमा गुड्डुकुमार जजैसवालले उम्मेदवारी दिएका छन् ।
वडा ७ मा फोरम नेपालको सेट उम्मेदवार उठेका छन् । अध्यक्ष्यमा गजेन्द्र लावती, महिला सदस्य विश्नुकुमारी चेम्जोङ, दलित सदस्य लक्ष्मी सार्की र खुला सदस्य महेन्द्रकुमार सुब्बाको मनोनयन परेको छ ।
वडा ८ मा नयाँ शक्तिको अध्यक्ष उम्मेदवार उमेश गजमेरको उम्मेदवारी परेको छ ।
वडा ९ मा फोरम नेपालबाट अध्यक्षमा मिनकुमार लिम्बू, महिला सदस्यमा धनकुमारी कार्की , खुला सदस्यमा रणबहदुर राईको उम्मेदवारी दर्ता भएको छ ।
वडा १० मा नयाँ शक्तिबाट अध्यक्षमा खगेन्द्र न्यौपानेको उम्मेदवारी परेको छ । वडा २ र ४ मा कुनै उम्मेदवारी नौठाइएको बताइएको छ । दमकको चुनावी माहोलमा ससफोले निक्कै तरंग ल्याएको संयोजक देवानले बताउनुभयो ।
झापाको सबै १५ वटै गाउँ तथा नगर पालिकामा उम्मेदवारी दर्ता कार्य जारी रहेको ससफो झापाका सचिव सुशील राईले बताउनुभयो ।
ससफोले नयाँशक्ती लगायत अन्य दलहरुसँग पनि तालमेल गरेर उम्मेदवारी दिएको बताइएको छ । पहिचान विरोधी एमाले र गणतन्त्र विरोधी राप्रपासँग भने जिल्लाको कुनै पनि स्थानीय तहमा तालमेल नगरिएको बताइएको छ ।












प्रतिक्रिया