काठमाडौं, ४ असार । संघीय साजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसका नाममा आन्दोलन गरिरहेका राजपा नेपालका नेताहरू आफूले क्रान्ति थाल्दा मन्त्री बनेर दमनमा उत्रिएको स्मरण गरेका छन् ।
नेपाली रेडियो नेटवर्कमा आइतबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष यादवले भने, ‘मैले मधेस र लहानमा क्रान्ति गर्दैगर्दा अहिलेको राजपा (तत्कालीन मधेसवादी विभिन्न दल) जन्मिएको पनि थिएन । तिनका नेता पनि जन्मिएका थिएनन् ।’ उनले भने, ‘अहिले आएर मधेसको महिसा बन्न खोज्ने प्रवृत्तिले मधेसी जनताले अधिकार पाउन सकेनन् ।’
संघीय फोरमका अध्यक्ष यादवले भने, ‘मैले मधेसमा क्रान्ति गर्दा अहिलेका राजपाका नेताहरू मन्त्री बनेर मधेसको आन्दोलन दमन गरिरहेका थिए । राजपाका नेताहरू कतिलाई त रायमाझी आयोगले कारबाही गर्न आन्दोलनमा दमन गरेको भन्दै कारबाही गर्न सिफारिस गरेको छ ।’
राजपाका धेरै नेताहरू मधेस र जनआन्दोलनका दमनकारी रहेको खुलासा गर्दै यादवले भने, ‘जनताबाट अस्वीकृत राजपाका नेताहरू संघीय समाजवादी फोरमलाई हिलोछ्याप्ने कार्यमा क्रियाशील रहेका छन् ।’
सत्तापक्षसँग गोप्य साँठगाँठ गरेर राजपाका नेताहरू कथित आन्दोलनको नाममा बन्द हड्ताल लगायतका कार्यक्रममा उत्रिएको अध्यक्ष यादवले आरोप लगाए ।
‘राजपाका नेताहरू तल्लो तहको गाली गलौजमा उत्रिएका छन्’, उनले भने, ‘उनीहरूले खै के हुतीले बन्द आन्दोलन गर्छन् ? मैले त आन्दोलन हुने देखेको छैन ।’











प्रतिक्रिया