२१ कार्तिक २०८३, शनिबार

रुकुममा माओवादीलाई टक्कर दिन काँग्रेस र एमालेबीच तालमेल

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुकुम, ४ असार । यही असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि ५ नं प्रदेशमा पर्ने सिस्ने गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा (एमाले)बीच चुनावी तालमेल भएको छ ।

गाउँपालिकाका अध्यक्षमा एमालेका नन्दलाल शर्मा र उपाध्यक्षमा नेपाली काँग्रेसका लक्षिराम घर्ती चुनाव लड्ने गरी सहमति भएको बताइएको छ ।

आठ वटा वडा रहेको गाउँपालिकाका १, ३ र ५ नं वडामा एमालेले काँग्रेसका उम्मेदवारलाई र बाँकी २, ४, ६, ७ र ८ नं वडामा काँग्रेसले एमालेका उम्मेदवारलाई सहयोग गर्ने गरी सहमति भएको साबिक रुकुमकोट गाविसका काँग्रेस सभापति सरिता बिसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिले दुवै पार्टीबाट उम्मेदवारी दर्ता भए पनि भोलि सहमतिअनुसार फिर्ता लिइने छ ।

जिल्लाका अन्य दुई गाउँपालिकामा पनि अहिले उम्मेदवारी दिइए पनि सहकार्यका लागि छलफल भइरहेकाले उम्मेदवारी फिर्ता लिनसक्ने बताइएको छ । रासस