२१ कार्तिक २०८३, शनिबार

विराटनगरमा चुरेभावर पार्टीद्वारा उम्मेदवारी दर्ता

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

घनश्याम टण्डन क्षेत्री

विराटनगर, ४ असार । चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालले पनि दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा विभिन्न स्थानमा उम्मेदवारी दिएको छ ।

विराटनगर महानगरपालिकाको मेयरमा चुरेभावर पार्टीको तर्फबाट घनश्याम टण्डन क्षेत्रीले उम्मेदवारी दर्ता गराएका छन् । बिहानै निर्वाचन कार्यालय पुगेका क्षेत्रीले तेस्रो नम्बरमा उम्मेदवारी दर्ता गराएको जानकारी दिए ।

विराटनगर महानगरपालिकाका विभिन्न वडामा वडाध्यक्ष र सदस्यहरूमा उम्मेदवारी दिएको क्षेत्रीले बताए । उनले भने, ‘चुरेभावर पार्टीको तर्फबाट विभिन्न वडाहरूमा मनोनयन दर्ता गरिएको छ । हाम्रो सम्भावना पनि राम्रो छ ।’

चुरेभावर पार्टीले संसदमा प्रतिनिधित्व गर्दैन । तर, निर्वाचनमा सक्रिय सहभागिता जनाइ रहेको छ । सो पार्टीले मोरङ, सुनसरी, झापालगायतका जिल्लामा पनि उम्मेदवारी दर्ता गराउने जनाएको छ ।

मध्य तराईको विशेष गरेर सर्लाही, रौतहट, बारा, धनुषा, महोत्तरी, उदयपुरलगायतका जिल्लाको पहाडी समुदायको बसोबास रहने क्षेत्रमा प्रभाव राख्ने चुरेभावर पार्टीले राजधानीका विभिन्न महानगर र नगरपालिकाहरूमा पनि उम्मेदवारी खडा गरेको थियो ।

चुरेभावर पार्टीले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा खाता खोल्न भने सकेन ।