१ कार्तिक २०८३, आइतबार

कांग्रेस नेता बलबहादुर केसीमाथि एमाले–माओवादीद्वारा आक्रमण

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सोलुखुम्बु, ४ असार । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीमाथि एमाले र माओवादी केन्द्रका कार्यकर्ताले हातपात गरेका छन् ।

गृह जिल्ला सोलुखुम्बुमा नेता केसीमाथि एमाले र माओवादी केन्द्रका कार्यकर्ताले आक्रमण गरेका हुन् ।

नेता केसीका अनुसार गाडीबाट निकालेर एमाले र माओवादी केन्द्रका नेताहरूले कुटपिट गरेका थिए ।

त्यसैगरी, सोलुखुम्बुको नेचासल्यान गाँउपालिका वडा ६ का टङ्कबहादुर कार्की उम्मेदवारी दर्ता गर्न जाँदै गर्दा अपहरणमा परेका छन् । कांग्रेसका तर्फबाट वडाध्यक्षका उम्मेदवार कार्की तिङलाको वासिगाँउ भन्ने ठाँउबाट बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यलय सोलुखुम्वुले कार्कीको अपहरण भएको पुष्टि गरेको छ ।

घटनास्थलमै रहेका कांग्रेस केन्द्रीय सदस्य बलबहादुर केसीले माओवादी केन्द्र र एमालेले संयुक्त रुपमा आफ्ना उम्मेदवारलाई अपहरण गरेको आरोप लगाए ।