२१ कार्तिक २०८३, शनिबार

तन्नेरीले विकास नगरेको भन्दै वडाध्यक्षमा ८७ वर्षीय बृद्धको उम्मेदवारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खोटाङ, ४ असार । तन्नेरीहरुले विकास नगरेकोको भन्दै खोटाङको जन्तेढुंगा गाउँपालिकामा वडाध्यक्षका लागि ८७ वर्षीय बृद्धले उम्मेदवारी दिएका छन् ।

आइतबार मनोनयन दर्ताका दिन ८७ वर्षका दिलबहादुर राईले वडा नम्बर २ को वडाध्यक्षका लागि आफ्नो उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत चक्रपाणि शर्माले जानकारी दिए ।

दिलबहादुर स्वतन्त्र उम्मेदवारी दर्ताका लागि राई जेठा छोरालाई साथमा लिएर आइतबार विहानै निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । स्वतन्त्र उम्मेदवार बनेपछि राईले तन्नेरीहरुले विकास नगरेकाले आफैं अघि सरेको टिप्पणी गरेका छन् ।

आफूले वडामा खानेपानी आपूर्ति, विद्यालय लगायतका विकासको काम गरेको दाी गर्दै राईले अगाडि भने– अझै विकास गर्न सक्छु भन्ने हिम्मत छ ।