२१ कार्तिक २०८३, शनिबार

राष्ट्रियता र मुलुकको स्वाभिमानमा आँच पुर्याउने कुनै पनि कुरामा सौदाबाजी गर्न सकिदैन्ः ओली

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियता र मुलुकको स्वाभिमानमा आँच पुर्याउने कुनै पनि कुरामा सौदाबाजी गर्न नसकिने बताउनुभएको छ ।

एमाले केन्द्रीय कार्यालय धूम्रबाराहीमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले एमाले वैमनस्यताको अन्त्य गरेर समझदारी र सहकार्यमा सिङ्गै देशलाई लैजाने देशभक्त पार्टी हो, राष्ट्रिय एकता, मुलुकको हित र स्वाभिमानलाई लाभसँग सौदाबाजी गर्न सकिँदैन भन्नुभयो ।

उहाँले तराई मधेसमा एमाले विरोधीहरु नभएको उल्लेख गर्दै थप्नुभयो, “तराई मधेसमा एमालेका विरुद्ध अब आरोप लाग्न सक्दैन, हामीविरुद्ध भ्रम छर्ने काम भएको छ, त्यो भ्रमलाई चिर्न जरुरी छ ।” अध्यक्ष ओलीले सरकारको ध्यान संविधान कार्यान्वयन नभई विपरीत कुरामा गएको आरोप लगाउँदै संविधान औचित्यका आधारमा संशोधन गर्न सकिने तर बलजफ्ती देशलाई अहित पार्ने गरी प्रस्ताव आएमा एमालेलाई मान्य हुँदैन भन्नुभयो । रासस