१ कार्तिक २०८३, आइतबार

काठमाडौँमा रिङरोडभित्र मोटरसाइकल चलाउन कहिलेबाट प्रतिबन्ध ?

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ असार । यातायात ब्यबस्था बिभागले रिङरोडभित्र मोटरसाइकल प्रवेश गराउने विषयमा छलफललाई तीव्रता दिएको छ ।

रिङरोडभित्र मोटरसाइकल चलाउन प्रतिबन्ध लगाउने विषयमा थुप्रै चर्चा भइरहेका बेला विभागले छलफललाई अगाडि बढाएको हो । मोटरसाइकलका कारण काठमाडौँमा अत्याधिक ट्राफिक जाम भएको विभागको निष्कर्ष छ ।

विभागको तयारीबारे सामाजिक सञ्जाल र नागरिक तहमा थुप्रै चर्चा चलेपछि आफूहरुको पनि थप ध्यानाकर्षण भएको विभागका प्रवक्ता डा. टोकराज पाण्डेले जानकारी दिए। उनले तत्काल नआत्तिन आग्रह गर्दै विभागले दीर्घकालिन रुपमा मात्रै मोटरसाइकलको विकल्प खोजेको उनले बताए ।

दीर्घकालिन कार्यक्रम र भिजन भएको हुँदा तत्कालका लागि निर्णय भन्दा पनि बहसका रुपमा लिन उनले आग्रह गरे । सवारी चाप नियन्त्रणका लागि भरपर्दो सवारी व्यवस्थापन भएपछि मोटरसाइकललार्इ रिङरोडबाट हटाइने उनको भनाइ छ ।

विभागका महानिर्देशक रुपनारायण भट्टराईका अनुसार, सहरी सवारी व्यवस्थापनलाई व्यवस्थित बनाउन, प्रदूषण कम गर्न तथा स्वच्छ सहर बनाउन उपत्यकाको चक्रपथभित्र मोटरसाइकल लाउन रोक लगाउने विषयमा छलफल सुरु गरिएको हो । मोटरसाइकलमा प्रतिबन्ध लगाउनुअघि सार्वजनिक सवारी सहज र सर्वसुलभ बनाइने उनको भनाइ छ ।

यातायात व्यवस्था विभागका अनुसार, अहिले काठमाडौँमा ५ लाखको हाराहारीमा मोटरसाइकल छन् । यसैगरी, गाडीको संख्या ९ लाखको हाराहारीमा छ ।

मोटरसाइकललाई निरुत्साहित गर्ने योजना अनुरुप सरकारले आगामी आर्थिक बर्षदेखि मोटरसाइकलमा भारी कर समेत लगाएको छ ।