४ कार्तिक २०८३, बुधबार

एनसेलले ‘योण्डर क्याराओके प्रतियोगिता’ आयोजना गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ, ४ असार । एनसेल प्राइभेट लिमिटेडले गीत–संगीतका पारखीहरुलाई आफ्नो गायन प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्दै हरेक हप्ता ४ हप्तासम्म आकर्षक सामसुङ्ग जे सेभन प्राइम मोबाइल फोन जित्न सकिने ‘योण्डर क्याराओके प्रतियोगिता’ सुरु गर्ने घोषणा गरेको छ ।

योण्डर म्युजिक एप प्रयोग गर्ने एनसेलका सबै ग्राहकले यो सोमबार (असार  ५) बाट सुरु हुने यो प्रतियोगितामा भाग लिन सक्नेछन् । शनिबार काठमाडौंमा आयोजित एक विषेश कार्यक्रम माझ यो प्रतियोगिता आयोजना गर्ने घोषणा गरिएको हो ।  उक्त कार्यक्रममा कलाकार, संगीतकार तथा अन्य विशिष्ट व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

एनसेलले आफ्नो पिआरबिटी र टोन सेवा मार्फत  गीत–संगीत क्षेत्रसँग रहेको आफ्नो सम्बन्धलाई थप विस्तार र परिस्कृत गर्दै, गत जेठ १२ लाखौं गीतहरुमा निःशुल्क पहुँचको अवसर प्रदान गर्ने योण्डर म्युजिक एप ल्याएको थियो ।

यस एपमा स्न्याप क्याराओके जस्तो विषेशता रहेको छ, जसअन्तर्गत प्रयोगकर्ताले आफुलाई मन पर्ने गीतको ट्रयाकमा गीत गाएर आफ्नो क्याराओके भिडियो पनि बनाउन सक्नेछन् र २९ सेकेण्ड सम्मको भिडियो अरु योन्डर एप प्रयोगकर्ता तथा सामाजिक सञ्जालहरुमा पनि शेयर गर्न सक्नेछन् ।

“गीत-संगीतका पारखीहरु तथा सधै थप सामाग्रीहरु खोज्ने ग्राहकहरुका लागि नेपाली तथा अन्र्तराष्ट्रिय गीत–संगीतमा पहुँच पुर्याउन अनलाइन म्युजिक स्ट्रिमिङ्ग सेवा प्रदान गर्न र देशको गीत-संगीत उद्योगको दीगो विकासमा योगदान पुर्याउन योण्डर म्युजिकसँग सहकार्य गर्न पाएकोमा हामी हर्षित छौ,” एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्सले भने ।

“योण्डर म्युजिक एपमा रहेको स्न्याप क्याराओके विषेशताको प्रयोग गर्दै ग्राहकहरुलाई आफ्नो प्रतिभा देखाउन प्रोत्साहन गर्ने  उदेश्यले सोमबारबाट लागु हुने साप्ताहिक ‘योण्डर क्याराओके प्रतियोगिता’ को घोषणा गर्न पाउँदा हामी खुसि छौ । यसले ओझेलमा परेका तथा लुकेर बसेका प्रतिभाहरुको प्रस्फुटनका निमित्त अवसर प्रदान गर्दछ । हामीलाई विश्वास छ यो प्रतियोगिताले विभिन्न व्यक्तिहरुमा रहेको प्रतिभा बाहिर ल्याउनमा योगदान गर्नेछ र गीत–संगीत उद्योगलाई संभावना बोकेका प्रतिभाहरुको पहिचानमा सहयोग गर्नेछ,” पर्किन्सले भने ।