१ कार्तिक २०८३, आइतबार

नासामा ढकालको उम्मेदवारी घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका । ब्यावसायी एवं समाजसेवी माधव ढकालले दक्षिणपूर्वी अमेरिकामा रहेका नेपालीहरूको पुरानो संस्था, नेप्लीज एसोसिएसन इन साउथइस्ट अमेरिका (नासा) को अध्यक्षमा उम्मेदवारी घोषण गरेका छन् ।

विगत २० वर्षदेखि नासामा सक्रिय रहने क्रममा कार्यसमिति सदस्यदेखि महासचिवसम्मको जिम्मेवारी सम्हालिसकेका ढकालले सन् २०१५ मा सम्पन्न सम्मेलनमा मुख्य संयोजकको भूमिका बहन गरेका थिए ।

नासाको संगठन विस्तार र संस्थागत सुधारमा महत्वपूर्ण योगदान दिएका ढकालले वर्तमान कार्यसमितिको बहुसंख्यक सदस्यहरुको आग्रहमा नै आफूले उम्मेदवारी दिनलागेको बताए ।

आगामी सेप्टेम्बर १ देखि ३ तारिखसम्म नर्थ क्यारोलीनामा हुने सम्मेलनका लागि ढकालले आफ्नो प्रतिवद्धताहरू पनि सार्वजनिक गरेका छन ।