भैरहवा, ४ असार । राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले शेरबहादुर देउवा नेतृत्वको सरकारका क्रियाकलापले शाहीकालको झझल्को दिरहेको आरोप लगाएका छन् ।
भैरहवामा आइतबार बिहान संचारकर्मीहरूसँग कुरा गर्दै महतोले भने, ‘अहिले देउवा सरकारले मधेसीको माग पूरा गरी चुनाव गराउनुको साटो मधेसभरि राजपाका नेता कार्यकर्तामाथि दमन गर्नुका साथै अमानवीय ब्यवहार गर्दै नियन्त्रणमा लिईरहेको छ ।’
देउवाले २०५२ सालमा माओवादीलाई लत्याए देशले ठूलो क्षति ब्यहोरेको भन्दै महताले मधेसीलाई लत्याए ठूलो गल्ती हुँने चेतावनी दिए । उनले मधेसीलाई लत्याएको खण्डमा त्यसको ठूलो मूल्य देशले चुकाउनु पर्ने चेतावनी दिए ।















प्रतिक्रिया