३ कार्तिक २०८३, मंगलबार

साउथ फिल्मका हिरोइनबारे यस्तो छ शैक्षिक तथ्य

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । साउथ इन्डियन फिल्मका हिरोइनहरूको अभिनयको जति धेरै तारिफ हुने गरेको छ, उनीहरूको पढाइ पनि उत्तिकै अब्बल रहेको पाइन्छ ।

‘बाहुबली’की देवसेनाका रूपमा बढी चर्चित अनुष्का सेट्टीले कम्प्युटर एप्लिकेसनमा ग्राजुयसन पास गरेकी छिन् । ३५ वर्षीया अनुष्काले माउन्ट कर्मल कलेज, बैंग्लोरबाट ग्राजुयसन गरेकी हुन् । सन् २००५ मा बनेको ‘सुपर’ फिल्मबाट करिअर सुरु गरेकी उनले ‘बाहुबली’, ‘बाहुबली २’ का साथै थुप्रै दक्षिण भारतीय तथा हिन्दी फिल्ममा अभिनय गरेकी छिन् ।

३१ वर्षीया काजल अग्रवालको अभिनय र सुन्दरताको मात्र होइन, पढाइको पनि तारिफ हुने गरेको छ । उनले मास मिडियामा ग्राजुयसन गरेकी छिन् । उनले मुम्बईको केसी कलेजमा अध्ययन गरेकी हुन् । दक्षिण भारतीय फिल्मको सफलतासँगै उनले हिन्दी फिल्ममा पनि पाइला राखिन् । उनले बलिउडका ‘स्पेसन २६’, ‘सिंघम’लगायतका फिल्ममा अभिनय गरेकी छिन् ।

दक्षिण भारतीय फिल्मकी अर्की स्टार हिरोइन हुन्, नयनतारा । नयनताराले अंग्रेजी साहित्यमा ग्राजुयसन गरेकी छिन् । ३२ वर्षीया नयनताराले तिरुवल्लाको मरथोमा कलेजबाट पढाइ सकाएकी हुन् । उनले ‘मनसिनक्कारे’, ‘रुप्पकल’, ‘गजनी’, ‘योगी’, ‘बिल्ला’लगायतका थुप्रै फिल्ममा अभिनय गरेकी छिन् ।

३४ वर्षीया तृषा कृष्णनले बिबिए पास गरेकी छिन् । चेन्नईस्थित एथिराज कलेज फर वुमनबाट उनले पढाइ पूरा गरेकी हुन् । बिजनेस पढेकी भए पनि उनले अभिनयलाई पेसा बनाइन् । उनले ‘वर्षम’, ‘जी’, ‘आरु’, ‘कृष्णा’, ‘भीमा’, समरलगायतका थुप्रै दक्षिण भारतीय फिल्ममा अभिनय गरेकी छिन् । तृषाले बलिउडको ‘खट्टा मिठ्ठा’ फिल्ममा पनि अभिनय गरेकी छिन् ।

बलिउडको ‘मिसन इस्तानबुल’ र ‘दृश्यम्’ फिल्ममा अभिनय गरेकी श्रीया शरनका दक्षिण भारतमा थुप्रै फिल्म हिट छन् । ३४ वर्षीया श्रीयाले साहित्यमा बिए पास गरेकी छिन् । उनले लेडी श्रीराम कलेज दिल्लीमा अध्ययन गरेकी हुन् । साहित्यकी विद्यार्थी भए पनि उनले आफूलाई अभिनयमा समर्पित गरेकी छिन् ।

दक्षिण भारतीय फिल्मकी चर्चित हिरोइनमध्येमा पर्छिन्, प्रियमणि । ३३ वर्षीया प्रियमणिले साइकोलोजीमा बिए गरेकी छिन् । विसन कटन वुमन कलेज, बैंग्लोरमा अध्ययन गरेकी प्रियमणिले शाहरुख खानको ‘चेन्नइ एक्सप्रेस’मा आइटम डान्स गरेकी थिइन् ।

श्रृति हसनले बलिउडका ‘लक’, ‘दिल तो बच्च है जी’, ‘डी डे’, ‘वेलकम ब्याक’लगायतका फिल्ममा अभिनय गरेकी छिन् । विशेषगरी दक्षिण भारतीय फिल्मका जमेकी ३१ वर्षीया श्रृतिले साइकोलोजीमा बिए पास गरेकी छिन् । उनले मुम्बईस्थित सेन्ट एन्ड्रयुस कलेजमा पढेकी हुन् । – एजेन्सी