– जे पाण्डे
कपिलवस्तु, ३ असार । नेकपा एमाले बुद्धभुमिले नगर विकासका लागी मुख्य सडकको खाका तयार पारेको छ । नगर पालिकाका सवै बडा जोडनका लागी बुद्धभुमि मार्गको अवधारण तयार गरी चुनावीमा जाने बताईएको छ । शनिवार संचारकर्मि संग कुरा गर्दै एमालेका तर्फ बार्ट मेयरका उम्मेदवार रुपेष श्रेष्ठले नगरपालिकाको विकासको लागी सडकको खाका तयार पारेको बताउनु भएको छ । सुर्य चुनाव चिन्ह लिएर निर्बाचनमा उठेका रुपेष श्रेष्ठले ५ बर्ष भित्र सवै बडा र बडा केन्द्र सम्म पुग्ने बाटो कालो पत्रे हुने बताउनु भएको छ ।
एमालेको सडक योजनामा नगरपालिकाको शिक्षा, स्वास्थ्य, कृषी पर्यटन, उद्योग, र यातायातका लागी सहज हुने वताईएको छ । बुद्धभुमिको विकासको लागी तयार गरेको मार्गले सवै बडाहरु समेत जोडने वताईएकोे छ । नगरपालिकाका १० बटै बडाका प्रमुख ब्यापारीक केन्द्र र कृषी, उद्योग, शैक्षिक केन्द्र जोडने बुद्धभुमि मार्ग टाकु बोक्टापुरबाट सुरु हुने वताईएको छ । बुद्धभुमि मार्गलाई ६ खण्डमा विभाजन गरेको छ । सवै खण्ड नमुना मार्गको रुपमा विकास गरीने छ । एमालेको जित पछी पहिलो बर्ष बाट सवै खण्ड एकै साथ निमार्ण कार्य सुरु हुने दावि समेत गर्नु भएको छ ।
यस्तो छ एमालेको बुद्धभुमि मार्गको योजनाः
बुद्धभुमि मार्ग साविक दुवियाको बोक्टापुर, टांकु, रनगाई, दुविया , गोरखपुरीया टोल हुदै बुड्ढी टिक्कर बाटो जोडिने छ । साविक महेन्द्रकोटको मोर्मि कपासी फचकैया हदै साविक जयनगरको पुरेना गोरुसिंगे बकडरीया जोडदै गोरुसिंगे तौलिहवा सडकमा जोडिने छ । बुद्धभुमि मार्ग धनकौलीको चेतराहेई, ढडिहवा, पिपरहवा धनकौली हुदै महुवा पुग्ने छ । साविक महुवाको कोहडौलिया, महुवा, डिहवा झोलुंगे पुल सम्म पुग्ने छ । डिहवामा पक्कीपुल निमार्ण गरिने छ ।
सो बाटो हरीहरपुरको दरखसवा, झुसिया बनकट्टी चोेक हुदै मानपुर तर्फ लाग्ने छ । मानपुर जोडनको लागी बलरमवापुरको विजयनगर हुदै मानपुरको पियुसनगर, डेरवा, विशनपुर, मानपुर ताल परीक्रमा गरी संगमडिहवा, बनरडिहवा , नंगनडिहवा हुदै पुन हरिहरपुरको परशुरामपुर पुग्ने बताईएको छ । परशुरामपुर बाट धनसौलि हरीहरपुर हुदै पुर्व पश्चिम राजमार्ग सम्म पुग्ने छ । सो सडक बक्लीपुर, असनहरा, चमरसठ धमौली हुदै गब्दहवा सम्म पुग्ने छ । सो सडकमा धमौली टाकु मार्ग निमार्ण गरीने वताईएको छ । पाच वर्ष भित्र बुद्धभुमि मार्ग निमार्ण गरी सवै बडा कार्यालय सम्म पुग्ने बाटो कालो पत्रे गर्ने योजना बनाएको एमाले मेयरको उम्मेदवार रुपेष श्रेष्ठले वताउनु भएको छ ।
सडकलाई सुविधाको दृष्टीकोणबाट पछाडी पारीएको बडाबाट सुरु गरीने छ । नगरपालिकको महत्वपुर्ण योजना बुद्धभुमि मार्ग हुनेछ । यसमार्गमा जोडने सहायक मार्गहरु बडा स्तरका योजना बाट सम्बोदन गरीने योजनामा रहेको छ । यो मार्ग शितगंगाको दक्षिणी भेगका जनतालाई समेत यातायातको लागी सहज हुने छ ।













प्रतिक्रिया