२१ कार्तिक २०८३, शनिबार

स्वामी आरुणानन्दको जन्मोत्सव मनाउन आरजुदेखि नारायणकाजीसम्म तपोबनमा

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ असार । स्वामी आनन्द अरुणको ७४ औ जन्मोत्सव मनाउन प्रधानमन्त्री पत्नी आरजु देउवादेखि माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसम्म ओशो तपोबन पुगेका छन् ।

असार २ गते परेको जन्मोत्सव मनाउन आयोजित वासुदेव कुटुम्बकम नामक सभामा आरजु देउवा, प्रदीप गिरी, नारायणकाजी श्रेष्ठ, नरहरी आचार्य, शारदा शर्मा, बिनोद ज्ञवाली, सोभा ज्ञवाली, कार्टुनिस्ट राजेश केसी, नायिका निशा अधिकारी, क्रिकेटर शरद भेस्वाकर, उपेन्द्र महतो, समता महतो लगायत सहभागी थिए ।

उनीहरुले रुस, चीन, कजाखस्तान, युक्रेन, पाकिस्तान, बेलायत, जर्मनी, अमेरिका, इरान, कोलम्बिया, नेपाल तथा भारतबाट आएका सधखारुको सांस्कृतिक प्रस्तुतिको आनन्द लिएको स्वामी आनन्द अरुणले जनाएका छन् ।

कार्यक्रममा ओशो तपोवनले विश्व वन्धुत्व र सद्भावको सन्देशलाई विश्वभर फैलाएको कुराको सराहना गर्दै उद्योगपति उपेन्द्र महतोले स्वामी आनन्द अरुणको निरन्तर तप र प्रयासले वास्तवमै ओशो तपोवन सबै उदात्त चित्त र आध्यात्मिक खोजिहरुका लागि एक अन्तराष्ट्रिय गन्तव्य भएको जिकिर गरे ।