काठमाडौं, ३ असार । शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कारमा राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महतोले चुनाव सार्ने निर्णय र तराई मधेसमा जारी आन्दोलनबारे लामो व्याख्या गरे ।
ऋषि धमलाको अगाडि उभिएर कांग्रेस, एमाले र माओवादी केन्द्रमाथि नानाथरी आरोप पनि लगाए । यतिसम्मकी ‘मुर्ख’ कै संज्ञा दिए । ठूला दलले मधेश र थरुहटलाई एक हुन नदिन षडयन्त्र गरिरहेको आरोप पनि उनले लगाए ।
सञ्चारकर्मीले उनको कुरा धेरै बेर सुने, तर, उपेन्द्र यादव र उनको पार्टी संघीय समाजवादी फोरम नेपालबारे एक शब्द पनि नबोलेपछि चुप लागेर बस्न सकेनन् । एक सञ्चारकर्मीले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबारे तपाईको धारणा के छ ? तपाईलाई त पारी (भारत)बाट आएको भन्छन् नी भन्ने प्रश्नमा उनी केही बेर मौन रहे । करिब १ मिनेटपछि उनले हास्दै भने ‘नो कमेन्ट’ । अर्थात उपेन्द्र यादवबारे उनी बोल्न मानेनन् । ‘उहाँको बारेमा मेरो ‘कुनै कमेन्ट’ छैन्,’ उनले भने ।
केही दिन अगाडि उपेन्द्र यादवले एक अन्तर्वार्तामा राजेन्द्र महतो ‘भारतीय’ भएको र ढाँटेर नागरिकता लिएको खुलासा गरेका थिए । आफू नेपालमै जन्मिएको र जन्मसिद्ध नागरिकता भएको दाबी गर्ने राजेन्द्र महतोको बोली उपेन्द्रले पोल खोलेपछि बन्द भएको छ । उनी उपेन्द्र यादवबारे प्रतिक्रिया दिनै डराएका छन् । किनकि केही बोले अझै धेरै पोल खोलिदेलानकी भन्ने भय महतोलाई रहेको उनी निकट स्रोत बताउँछ । महतोले वर्तमान समयमा उपेन्द्रबारे केही नबोल्ने प्रण गरेको सुत्रको भनाई छ ।
















प्रतिक्रिया