१ कार्तिक २०८३, आइतबार

महेन्द्र यादव भन्छन् – ‘महन्थ ठाकुरले धोका दिए, चुनावमा भाग नलिए राजपा समाप्त हुन्छ’

4.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ असार । सत्तारुढ दल नेपाली काँग्रेसका नेता महेन्द्र यादवले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)को सहमतिमै प्रदेश नम्बर दुईको निर्वाचनको मिति सारिएको दाबी गरेका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालमा बोल्दै नेता यादवले राजपाका नेता महन्थ ठाकुरसँग सल्लाह गरेर नै प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावको मिति सारिएको दाबी गरिए । सहमतिमै चुनाव सारिए पनि धोका दिइएको उनको भनाइ छ ।
उनले भने, ‘अब मधेशी जनता कुनैपनि हालतमा निर्वाचनमा जान्छन्, आज मोर्चासँग जनमत नभएको भन्ने उदाहरण आउँदैछन्, मोर्चाका जायज मागहरुलाई सम्बोधन गरेर सरकार निर्वाचको वातावरण बनाउन तयार छ, यसमा मोर्चाले लचकता देखाउनुपर्छ, काँग्रेस मुलुकलाई निकास दिनको लागि पुर्ण क्रियाशिल छ।’

उनले तराई मधेशमा राजपा नेपालले कुनैपनि हालतमा निर्वाचन विथोल्न नसक्ने ठोकुवा नै गरे । यादवले भने, ‘यदि विथोल्ने प्रयास गरे, राजपा नेपाल मधेशमा समाप्त हुन्छ, पछिल्लो समय राजपाको जनमत घटिरहेको छ ।’