काठमाडौं, ३ असार । अभिनेत्री मनीषा कोइराला बागमती सफाइ कार्यक्रममा सहभागी भएकी छिन् ।
बागमती सफाइ अभियानको सद्भावना दूत समेत नियुक्त भएकी अभिनेत्री कोइराला शनिबार बिहानै बागमती किनारमा पुगेर सफाइमा सहभागी भएकी हुन् । कोइरालासँगै नेपाली फिल्म क्षेत्रका थुप्रै कलाकारहरू पनि बागमती नदी किनारमा पुगेका थिए ।
बिगत लामो समयदेखि बागमती सभ्यता बचाउनका लागि बागमती नदीको प्रत्येक हप्ता शनिबारका दिन सफाइ गर्दै आइएको छ ।















प्रतिक्रिया