२१ कार्तिक २०८३, शनिबार

सेनाद्धारा निर्माणाधीन स्याफ्रुबेंसी–मैलुङ १५ किमी बाटो खुला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसुवा, २ असार । निर्माणाधीन स्याफ्रुबेंसी–मैलुङ मार्गको १६ किमीमध्ये १५ किमी बाटो खोलिएको छ ।

बाटो खोलिएको १५ किमीमध्ये ७ किमीमा डबल लेनको सडक बनाइसकिएको सो सडक निर्माण कार्यदलका प्राविधिक सेनानी सञ्जय केसीले जानकारी दिखनुभयो । नेपाली सेनाले निर्माणको जिम्मा पाएको सो सडक खण्डमा अहिले सेनाले पाँच स्थानमा शिविर बनाई काम गरिरहेको छ ।

सडक निर्माणमा प्रयोग हुने सामग्री ढुवानीका लागि कालिका गाउँपालिकास्थित त्रिशूली नदीमा बेलीब्रिजसमेत बनाइसकिएको जानकारी दिँदै उहाँले विस्फोटक पदार्थलगायत सामग्री भने हेलिकप्टरबाट ढुवानी गरिँदै आएको बताउनुभयो ।

पासाङ ल्हामु राजमार्गअन्तर्गत बेत्रावती–धुन्चे–स्याफ्रुबेंसी ५३ किमी रहेकामा स्याफ्रुबेंसी–मैलुङ खण्ड बनेपछि दूरी २४ किमी कमी भई बेत्रावती–धुन्चे–स्याफ्रुबेंसी २९ किमी मात्र हुने भएको छ । रासस