४ कार्तिक २०८३, बुधबार

सस्तो मुल्यमा अन्तर्राष्ट्रियस्तरको मदिरा भैरहवा भित्रियो

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– नरेश केसी

भैरहवा, २ असार । मदिराका पारखीहरुकोलागी सस्तो मूल्यमा अन्तराष्ट्रिय स्तरको राम्रो फेलेभरको मदिरा अब सहजै नेपाली बजारमा पाउने भएको छ ।

स्कटल्यान्डमा उत्पादन हुने स्कच हवीस्की ब्रान्डको मदिरा केही दिनमा नेपाली बजारमा पाउनेगरी रेड प्लानेट प्रा.लिले नेपाल भित्राएको हो ।

रुपन्देहीको कटैयमा प्रमुख कार्यलय रहेको सो कम्पनिले बजारमा रहेको ब्यालक लेभल, रेड लेभल र भ्याट सिक्सटी नाइन लेभलको मदिरा बजारमा ल्याएको दाबी गरेको छ । सर इडवार्ड बेलेन्डेड हवीस्कीको लेभल धेरै उच्च रहेको , त्यसैगरी किंग रोर्बट र क्लान म्याग ग्रेगर पनि मदिराका पारखीहरुले रुचाउने विश्वासका साथ बजारमा ल्याएको रेड प्लानेटका सन्चालक कृष्ण कुमार गुप्ताले बताए ।

अटो मोबाल्स व्यवसायी गुप्ताले लिकर्स ब्यावसायमा अन्तराष्ट्रिय स्तरको ब्रान्डको मदिराले राम्रो बजार ल्याउने अपेक्षा सहित ३ करोड लगानीमा व्यवसाय शुरु गरेको बताएका छन् । १५ जनालाई पत्यक्ष रोजगारी दिएको उक्त कम्पनिले स्कटल्याण्डमा उत्पादन भएको १० वर्ष पुरानो स्प्रीटबाट निमित मदिरा कलकत्ता बन्दरगाहबाट सुनौली नाका हुदैं भैरहवा ल्याउने र यहांबाट नेपालभर डिस्टीव्युटस गर्ने योजना बनाएको गुप्ताको भनाइछ ।

विदेशमा अत्याधिक माग रहेको उक्त मदिराको बोत्तल अत्यन्तै आकर्षक रहेको तथा गुणस्तरीय मदिराको लेभल बराबर भएता पनि मूल्य फेरि सस्तो भएकोले नेपाली बजारमा छिट्टै लोकप्रीयता पाउने कम्पनिका म्यानेजर अर्जुन गौतमले विश्वास लिएका छन् ।

सर इडवार्ड बेलेन्डेड, किंग रोर्बट र क्लान म्याग ग्रेगर मदिराको स्वाद अत्यन्तै राम्रो रहेको उपभोक्ता प्रकाशभक्त श्रेष्ठले तर्क गरेका छन् । नेपालको एक मात्र आयतकर्ता रेड प्लानेट युवा व्यवसायी गुप्ता र मधुसुदन पाण्डेको लगानीमा सन्चालन भएको हो ।