१ कार्तिक २०८३, आइतबार

एक्सपर्ट स्कुल क्रिकेट लिग २०७४ समापन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– नरेश केसी

भैरहवा, २ असार । भैरहवास्थित सिद्धार्थ रंगसालामा सन्चालनमा रहेको एक्सपर्ट स्कुल क्रिकेट लिग २०७४ समापन भएको छ । होराईजन उच्च माबि रुपन्देहीलाई ४ विकेटले पराजित गर्दै अनिरुद्ध उच्च माबि कञ्चनपुरले उपाधी जितेको हो । प्रतियोगिताको चैम्पियन भएको अनिरुद्धले उपाधि सहीत १ लाख रुपैया पुरस्कार समेत प्राप्त गरेको छ ।

फाईनलमा न्यू होराईजनबाट जितका लागी पाएको ७२ रनको सामान्य लक्ष्यलाई अनिरुद्धले निर्धारीत २० ओभरको खेलमा १६ ओभर ४ बलमै ६ विकेटको क्षेतीमा पुरा गर्दै उपाधी जितेको हो । अनिरुद्धको जितमा साजन गौतमले सर्बाधिक १८ रन बनाए भने अशोक बिष्टले १७ रनको योगदान दिए ।

बलिंगमा न्यू होराईजनका कुशल मल्लले ३ विकेट लिए भने सन्देश पाण्डे, प्रकाश गिरी र सन्दिप पाण्डेले समान एक एक विकेट लिएका थिए ।

यसअघि टस हारेर ब्याटिंग गर्न आएको न्यू होराईजनले १९ ओभर २ बलमा सबै विकेट गुमाई ७१ रनको सामान्य योगफल तयार गरेको थियो । होराईजनका लागी बिशाल खत्रीले सर्बाधिक १९ रन बनाए भने प्रकाश गिरीले १३ र मौसम खाम्चाले ११ रन बनाएका थिए । होराईजनलाई सस्तैमा समेटने क्रममा अनिरुद्धका अरबिन्द ऐर र भुवन पालले समान २–२ विकेट लिएका थिए भने अशोक बिष्ट, रबिन साउद र पारस केसीले एक एक विकेट लिएका थिए ।

प्रतियोगितामा अनिरुद्धका अरबिन्द ऐर म्यान अफ द फाईनल घोषित भए भने म्यान अफ द सिरीज न्यू होराईजनका कुशल मल्ल भए । मल्ल उत्कृष्ट ब्याटस म्यान र सोही स्कुलका सन्देश पाण्डेले बेष्ट बलरको अवार्ड पाए । अनिरुद्धका पारस केसी उत्कृष्ट फिल्डर भए ।

बिजेता तथा उप बिजेता टिमका खेलाडीलाई प्रमुख अतिथी रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त बिक्रम मल्ल, प्रतियोगिताको मुख्य प्रायोजक एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजका प्रबन्ध निर्देशक रोशन कण्डेल, प्रतियोगिता निर्देशक सुभाष प्रधान लगायतले नगद, ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरेका थिए ।

हिमालयन क्रिकेट एमेडेमीको आयोजना तथा एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको मुख्य प्रायोजनामा सम्पन्न प्रतियोगितामा रुपन्देही, चितवन, तनहु, काठमाण्डौ, कैलाली र कञ्चनपुर गरी ६ जिल्लाका बिद्यालय सहभागी थिए ।