– नरेश केसी
अमुवा, २ असार । साविकको रुपन्देही क्षेत्र नम्बर २ र ३ का गाविसहरु जोडिएर बनेको सीयारी गाउपालिकामा दलहरुले चुनाबी अभियानलाई तिब्रता दिएका छन् ।
चिल्हीया, मैनिहीया, हनैया, दयानगर र अमुवा गाविस मिलेर बनेका उक्त गाउपालिकामा अहिले चुनाबी माहौल अत्यन्तै तातेको छ । सो क्षेत्रमा दलहरुले घरदैलो र चुनाबी सभालाई तिब्रता दिएका छन् । शुक्रबार एमाले प्रदेश कमिटी सदस्य भवानी शंकर सापकोटा, एमाले जिल्ला सदस्य श्रीराम यादव, अविराम विक सहित घरदैलो गर्दै साविकको अमुवा हाल सियारी वडा नम्बर ६ मा नाचगान सहित पुगेका एमाले उमेदवारहरुले सो क्षेत्रको विकासकोलागी आफुहरुले कुनै कसर बाकी नराख्ने प्रतिबद्धता जनाएको सो क्षेत्रका मतादाता दलबहादर पौडेलले जनाए ।
नेकपा (एमाले) ले सो गाउपालिकामा एमालेका पुराना नेता अयोध्या थारु लाई अध्यक्षको उमेदवार बनाएकोछ । साविकको मैनिहीया गाउपालिकाका निर्वाचित पुर्व अध्यक्ष समेत रहेका थारु स्थानिय तहमा प्रभावशाली सामाजिक व्यक्तित्वको रुपमा परिचीत छन् । एमाले जिल्ला सदस्य तथा रुपन्देही क्षेत्र नम्बर २ का सहइन्चार्ज समेत रहेका थारु नेतृत्वको सियारी गाउपालिकाको एमाले उमेदवारको घोषणा पाटिका उपमहासचिब विष्णु प्रसाद पौडेलले एक हप्ता अगाडी सोही क्षेत्रमा आयोजित चुनाबी सभामार्फत गरेका थिए । उक्त गाउपालिकामा उपाध्यक्षमा एमालेको तर्फबाट अमुवाकी अमृता गुरुंग चुनाबी दौडमा छिन् । यसैगरी वडा नम्बर १ मा चन्द्र बहादु थापा , वडा नम्बर २ साहसराम चौधरी, वडा नम्बर ३ मा घिसन यादव, वडा नम्बर ४ मा श्री श्रेष्ठ, वडा नम्बर ५ मा थम्मन बहादुर पौडेल, वडा नम्बर ६ मा शेर बहादु गुरुंग र वडा नम्बर ७ मा सुरज अधिकारी सहित सबै वडा सदस्यमा एमालेले उमेदवारी घोषणा गरी प्रचारात्मक अभियान अगाडी बढाएको एमाले अमुवाका सदस्य प्रकाश रेग्मीले जनाए ।
यसैगरी सियारीबाट नेपाली कांग्रेसले पाटिका पुराना नेता थानेश्वर घिमिरेलाई अध्यक्षको उमेदवार बनाएको छ । नेपाल तरुण दल रुपन्देहीका संस्थापक सचिव घिमिरेले दयागनर गाविसका पुर्व अध्यक्ष समेत हुन् । इट्टा व्यवसायी संघ लुम्बिनीका अध्यक्ष समेत रहेका घिमिरे नेतृत्वको उपाध्यक्षमा अमुवाकी रिता चौधरी उपाध्यक्षको उमेदवार रहेकी छन् । यसैगरी कांग्रेसले वडा नम्बर १ बाट जसवन्त कुवंर, वडा नम्बर २ बाट रामकिसुन चौधरी, वडा नम्बर ३ बाट नन्दलाल थारु, वडा नम्बर ४ बाट गोपाल पाण्डे, वडा नम्बर ५ बाट पदम मिजार, वडा नम्बर ६ बाट गौ बहादुर गुरुंग र वडा नम्बर ७ बाट दिर्घनारायण भट्टराइ चुनाबी मैदानमा उत्रीएका छन् ।
माओबादी केन्द्रले युवा नेता गोपाल पोखरेललाई अध्यक्ष र उपाध्यक्षमा धन कुमारी थारुलाई उठाएको छ । वडा सदस्यहरुमा पनि सबै युवाहरुलाई उम्मेदवारी बनाएको माओबादी केन्द्रले बताएको छ । जसमा वडा नम्बर १ मा राजु थापा, २ मा नन्दराम अहिर यादव, ३ मा केशव मिश्र, ४ मा चित्रा कुमारी भुसाल, ५ मा चन्द्रकान्त शर्मा बस्याल, ६ मा राजनारायण थारु, ७ मा कविराज पुरी रहेको माओवादी केन्द्र सियारी गाउँपालिकाले बताएको छ । नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्र मात्र नभएर यस गाउँपालिकाबाट अन्य राजनीतिक दलहरुले समेत उम्मेदवारी घोषणा गरेका छन् । राप्रपाबाट सियारी गाउँपालिका प्रमुखमा रंगनाथ गुप्ता र उपाध्यक्ष माया रोक्का मगरले उम्मेदवारी घोषणा गरेका छन् । कुल २० हजार ९ सय ९८ मतदाता रहेको उक्त गाउँपालिकामा खेती किसानीको भन्दा बेसी चुनावी चटारोलेले जनताको ध्यान तानेको छ ।













प्रतिक्रिया