२१ कार्तिक २०८३, शनिबार

दुुई नम्बर प्रदेशको निर्वाचन सार्दा जनतामा निराशा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सन्तोष यादब

सिरहा, २ असार । सरकारले आन्दोलनरत राष्ट्रिय जनता पार्टीको चित्त बुुझाउन दुुई नं. प्रदेशको चुनाव सारेपछि सिरहाका जनतामा निराशा छाएको छ । निर्वाचन सारिएकोमा सरकार प्रति रोष प्रकट गरेको बढी नै सुनिन्छ । पटक पटक निर्वाचन सरेको कारण २ नंं प्रदेशमा निर्वाचन नै नहुने हो की भन्ने आशंका पनि व्यक्त गरिन्छ ।

गाउँ पालिकाको अध्यक्ष पदमा एमालेले टिकट दिने निश्चय भएपछि प्रधानाध्यापक पदवाट राजीनामा दिएका सखुवा ननकारकट्टी गाउँपालिकाबाट चुनाव लड्न केदार यादबले राजीनामा दिनुभयो । राजनीनामा दिएर एमालेबाट उक्त गाउँपालिकामा अध्यक्ष पदका उम्मेदवार भएर व्यापक प्रचार प्रसारमा खटिनुभयो । तर चुनाव सारेपछि उहाँ यतिबेरा दुःखी बन्नुभएको छ ।

शिक्षक पदबाट राजीनामा दिएर अहिले पश्चाताप भइरहेको बताउँद सरकारले ठूलो गल्ती गरेको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो– अब चुनाव हुन्छ कि हुँदैन भन्ने डर छ ।’ उहाँले सरकारले चुनाव गर्न तोकेको नयाँ मिति असोज २ अगाबै चुनाव गराउन सरकारसँग माग गर्नुभयो ।
सर्वसाधारण जनताले पनि निर्वाचन सार्ने सरकारको कदमको विरोध गर्दै निराशा र संशय व्यक्त गरेका छन् । जनता चुनावमा होमिसकेको अवस्थामा मिति सारेर सरकारले अन्याय गरेको सर्वसधारण बताउँछन् । चुनाव सरेपछि प्रदेश नम्बर २ का ८ जिल्ला विकासमा पछाडी पर्ने सर्वसधारणको भनाई छ ।

लहानका विशाल साहले सरकारले निर्वाचन सारेर जनताप्रति र उम्मेदवारहरु प्रति अन्याय गरेको बताउँछन् । लहानका लागि मेयरमा एमालेको उम्मेदवार बनेका मुनी साहका छोरा हुनुहुन्छ । चुनावमा बुवालाई जिताउन दिनरात मेहनत गरिरहेका उहाँले चुनावको मिति सारेपछि अहिले चिन्ताले शरिर नै काम गर्न छाडेको जस्तो लागिरहेको अनुभव सुनाउनुभयो ।

यस्तै पहिलो मधेस आन्दोलनका अगुवा कृष्ण बहादुर यादवले संविधान संशोधन गर्न एमाले र मधेशवादी दल दुवै एक अर्का प्रति नरम हुनुपर्ने र सम्बन्ध सुधार गर्नु पर्ने बताउँछन् तर उनले प्रदेश सभा स्थानीय तहको निर्वाचन एकसाथ हुनुपर्ने बताउँछन् । चुनाव सारेर मात्र हुँदैन, संविधान मधेसीको भावना अनुसार संशोधन हुनुपर्ने उहाँको भनाई छ ।