२१ कार्तिक २०८३, शनिबार

यी हुन् गाउँपालिकाकी कान्छी महिला उम्मेद्धवार

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सलिम अन्सारी

प्यूठान, २ असार । आसन्न स्थानीय तहको निर्वाचनमा प्यूठानमा २३ बर्षीया युवा उम्मेद्धवार बनेकी छन् । गाउँपालिकामा उपाध्यक्षको टिकट पाएकी तुलसा बिष्ट सम्भवत जिल्ला कै कान्छी र युवा उम्मेद्धवार हुन् । अँग्रेजी साहित्यमा ब्याचलर पढदै गरेकी उनी गाउँपालिका उपाध्यक्षको उम्मेद्धवारी पाएसँगै गाउँ गाउँमा बिकासका नाराहरु सहित चुनावी प्रचारमा जुटेकी छन् ।

सानै देखि राजनितीमा रुची भएको बताउने बिष्टलाई दिइएको जिम्मेवारी कुशलतापूर्वक निभाउन सक्ने बिश्वासमा उपाध्यक्षको टिकट दिइएको पार्टीले बताएको छ । तीन वर्षअघि पार्टीको क्रियाशिल सदस्यता पाएकी युवा नेतृ बिष्ट पार्टीले सञ्चालन गर्ने हरेकजसो कार्यक्रम र गतिविधिमा अग्रस्थानमा रहेर काम गर्दै आएकी छिन ।

‘यो स्थानीय चुनाव युवाका लागि स्वर्णिम अवसर हो, हामी नेतृत्वमा आउनु भनेको परिवर्तन ल्याउनु हो’ उनले भनिन– ‘युवामा नयाँ जोश सँगै नयाँ योजना हुन्छन, ती युवाले नै पुरा गर्न सक्छन् । युवा जोशसँगै मेरो जीवनको सवै यात्रा सामाजिक कार्यमा बिताउने अठोटका साथ मैदानमा उत्रिएकी छु । सबैलाई सम्बोधन हुने सुन्दर योजनाहरु मैले ल्याउने सोच राखेकी छु ।’

नेपाली काँग्रेस सरुमारानी गाउँपालिका कमिटीकी कोषाध्यक्ष र क्षेत्र नम्वर १ की क्षेत्रीय सदस्य समेत रहेकी उनी निर्वाचनको मिति नजिकिदै गर्दा आफूलाई जिताउन भन्दै मत माग्दै घरदैलो कार्यक्रममा व्यस्त हुन थालेकी छन् ।