पाँचथर, २ असार । लामो समय राजनीति गरेका कार्यकर्ताहरु भन्दा शिक्षण पेशा अङ्गालेका व्यक्तिहरुलाई दलहरुले रुचाएर स्थानीयतहको उम्मेद्वार बन्न टिकट दिएका छन् ।
जनप्रतिनिधि नहुँदा गाँउ–घरमा सर–सहयोग गर्ने, ऋण सापटी दिने, विकास निर्माणको अगुवाई गर्ने, झैझगडा मिलाउने तथाभद्र भलाद्मीको भूमिका समेत निर्वाह गरेका शिक्षकहरुले स्थानीयतहमा चुनावजित्ने दलहरुको विश्वास छ ।
यसैकारण शिक्षकहरु दलको रोजाईमा परेका छन् । स्थानीय तहको प्रमुखमा विभिन्न दलबाट दर्जन बढि शिक्षकको नाम सुनिएपनि बहालवाला एक जनाले मात्रै प्रमुखमा उम्मेद्वारीको टिकट पाएका छन ।
स्रोत व्यक्ति रहेका रानीटार माविका शिक्षक होमनाथ थापाले तुम्बेवा गाँउपालिकाको प्रमुखमा काँग्रेसबाट उम्मेद्वारी पाएका छन ।
अर्का उमेद्धार केही समयअघि मात्रै शिक्षकबाट अवकास लिएका देवेन्द्र खत्री एमाले–माओवादी गठबन्धबाट गाँउ पालिकाप्रमुखको उम्मेद्वार बनेका छन् ।
आसन्न स्थानीयतहको निर्वाचनमा उम्मेद्वार बन्न जिल्लाका १३ जना शिक्षकले पदबाट राजीनामा दिएका छन् । यसरी राजीनामा दिएका शिक्षकहरु गाँउपालिका प्रमुखदेखि वडा सदस्यसम्मका उम्मेद्वार बन्दैछन् ।
राजीनामा दिनेहरुमा २ माध्यमिक तह, २ निम्न माध्यमिक तह र बाँकी ९ जना प्राथमिक तहका शिक्षक छन् ।
स्रोत व्यक्ति रहेका मावि तहकाशिक्षक होमनाथ थापा जिल्लाको तुम्बेवागाँउपालिकाको अध्यक्षकाउम्मेद्वार बनेका छन् ।
यस्तै मावितहकै सिद्धदेवीमाविसिदिनमाकार्यरत शिक्षक गजेन्द्र राई फिदिमनगरपालिका–१३ को वडाध्यक्षमा काँग्रेसबाट उम्मेद्वार बनेका छन् । थोक्पनआधारभूतविद्यालय सिदिनका शिक्षक शेरबहादुर केरुङ फालेलुङ गाँउपालिका–७ को वडाध्यक्षमा नेपालीकाँग्रेसका उम्मेद्वार बनेका छन् ।
उनीहरु सबैले राजीनामादिइसकेको जिल्लाशिक्षाकार्यालयले जनाएको छ । प्राथमिक तहका चार शिक्षिका काँग्रेस र एमालेबाट गाँउपालिका उपप्रमुखका उम्मेद्वार बनेका छन् ।
सिद्धचरण आधारभूतविद्यालय यासोककीशिक्षिका सीताआचार्य एमालेबाट कुम्मायकगाँउपालिका उपप्रमुखकीउम्मेद्वार बनेकी छन् ।
यस्तै पैयौँबोटे आधारभूतविद्यालयकीशिक्षिका देवित्राकुमारी आङ्देम्बे काँग्रेसबाट फाल्गुनन्दगाँउपालिका उपप्रमुखकीउम्मेद्वार बनेकी छन् ।
आङ्देम्बेसँग प्रतिस्पर्धा गर्ने एमालेकी करुणा राई जलसिंह माविपौवासारतापकीशिक्षिकाहुन् ।
यस्तै फाल्गुनन्द आधारभूत विद्यालय पञ्चमीकी शिक्षिका ताराकुमारी योङहाङ काँग्रेसबाट हिलिहाङ गाँउपालिका उपप्रमुखकी उम्मेद्वार बनेका छन् । उनीहरुले सबैले राजीनामा दिइसकेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
यस्तै कालिकामावि बाबुङ्गा नांगीनका प्रधानाध्यापकश्रीप्रसाद घिमिरेले प्रावि शिक्षकबाट राजीनामादिएर फिदिमनगरपालिका वडा नं. ११ को वडाध्यक्षको उम्मेद्वार बनेका छन् । उनी काँग्रेसबाट उम्मेद्वार बन्दैछन् ।
यस्तै भगवतिमावि दुर्दिम्बाशिक्षक रामेश्वर बाजीले निमावि शिक्षकबाट राजीनामादिएका छन् । उनीमिक्लाजुङ गाँउपालिका वडा नं. ७ मा एमालेबाट वडाध्यक्षको उम्मेद्वार बनेका छन् ।
यस्तै जल्पादेविप्रावि सराङडाँडाका शिक्षककविराज शेर्मा मिक्लाजुङ गाँउपालिका वडा नं. २ मा एमालेबाट वडाध्यक्षको उम्मेद्वार बन्दैछन् ।
यस्तै पञ्चकन्याआधारभूतविद्यालय आङसराङका प्राथमिकतहका शिक्षक नारायणप्रसादआङ्देम्बे काँग्रेसबाट फाल्गुनन्दगाँउपालिका वडा नं. ७ को वडाध्यक्षको उम्मेद्वार बनेका छन् ।
घुर्विसेपञ्चमी मावि फाक्तेपका निमावि शिक्षक कविन्द्रप्रसाद लावती फाल्गुन्दगाँउपालिका वडा नं. ६ मा वडा सदस्यको उम्मेद्वार बनेका छन् । उनीहरुले सबैले राजीनामादिइसकेको जिल्लाशिक्षाकार्यालय पाँचथरका विद्यालयप्रशासनशाखाका सहायकपदम रिमालले जानकारी दिए ।
यस्तै धर्मभक्त प्रावि भञ्ज्याङका शिक्षक आन्दराम केसीले समेत पदबाट राजीनामादिएका छन् ।
समाजवादीद्वारा उम्मेद्वारी घोषण
संघीय समाजवादीफोरम पाँचथरले जिल्लाको फिदिमनगरपालिका र ७ वटै गाउँपालिकामाआफ्ना उम्मेद्वार घोषणा गरेको छ ।
समाजवादीले विहीवार पत्रकार सम्मेलन गरेर उम्मेद्वार सार्वजनिक गरेको हो । उक्त पार्टीले फिदिमनगरपालिकाको प्रमुखमा विष्णुकुमार लावती र उपप्रमुखमा भावना इङ्वालाई उम्मेद्वार बनाएको छ ।
सो पार्टीले नगरपालिकाका ११ वटा वडामा वडाध्यक्ष सहितको उम्मेद्वारी सार्वजनिक गरेको छ । यस्तै याङवरक गाउँपालिकाको प्रमुखमा भरत राई रउपप्रमुखमा सजिना सेलिङ सहित २ वटा वडामा उम्मेद्वारी घोषणा गरिएको छ । हिलिहाङ गाउँपालिकाको प्रमुखमा सुरेन्द्रप्रकाश सुहाङ र उपप्रमुखमादिलमायाँलोवा सहित ३ वटा वडामा उम्मेद्वारीको घोषणा गरिएको छ ।
यता फालेलुङ गाउपालिकाप्रमुखमा समाजवादीले नयाँशक्तिकाउम्मेद्वारलाई समर्थन गरेको छ । यहाँ नयाँशक्तिका जनम राई प्रमुख र उपप्रमुखमाफोरमकी संगीताथाम्सुुहाङ सहित ४ वटा वडाको उम्मेद्वारी घोषणा गरिएको छ ।
समाजवादीले फाल्गुनन्दगाउँपालिकाको प्रमुखमा रामकुमार नेम्वाङ (तुम्याहाङ) र उपप्रमुखमाशान्तिलिम्वू आङदेम्वे सहित ४ ओटा वडामा उम्मेद्वारी दिएको छ ।
यता कुम्मायकगाउँपालिकाप्रमुख सूर्य साम्पाङ सहित २ ओटा वडामा, तुम्वेवागाउँपालिकाको २ ओटा वडामा र मिक्लाजोङ गाउँपालिकाको प्रमुखमा सन्देश राई र ३ ओटा वडामा फोमरले उम्मेद्वारी दिएको छ ।
सो पार्टीले पाँचथरमा नेकपामाओवादी केन्द्र, नयाँशक्ति पार्टी, जनमुक्ति पार्टी, संघीय लिम्बुवानमञ्चसँग स्थानीय स्तरमातालमेल गर्ने गरी केही स्थानहरु खाली राखिएको अध्यक्ष डि.एमआङदेम्वेले वताए ।
उम्मेद्वार घोषणा सभामा वोल्दै संघीय समाजवादीफोरमका महासचिव रणध्वज कन्दङ्वाले स्थानीयचुनावलाई पार्टीले संघर्ष र आन्दोलनकै रुपमाप्रयोग गर्ने नीतिलिएको वताए ।
उनले स्थानीयतहमापहिचानका मुद्धाहरु संस्थागतगर्न चुनावमा सहभागिताजनाएको प्रष्ट पारे । स्थानीयतहमा पार्टीको जग बसाल्न र एजेण्डा स्थापितगर्न चुनावमाजानुको विकल्प नरहेको उनको भनाई छ ।













प्रतिक्रिया