१ कार्तिक २०८३, आइतबार

दुई नम्बर प्रदेशको चुनाव किन सारियो ? यसो भन्छन् गगन थापा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भद्रपुर, २ असार । नेपाली काँग्रेसका युवा नेता गगन थापाले सबै राजनीतिक दललाई निर्वाचनमा सहभागी गराउन प्रदेश नं २ को निर्वाचन मिति सारिएको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन, झापाद्वारा आज यहाँ आयोजित भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो – “रणनीतिक तहमा काँग्रेसका लागि अप्रिय भए पनि देश र जनताको हितमा निर्वाचन मिति सारिएको हो ।”

काँग्रेस केन्द्रीय प्रचारप्रसार समितिका सहसंयोजकसमेत रहनुभएका नेता थापाले आसन्न स्थानीय तहकोे निर्वाचनमा काँग्रेसको हरेक गतिविधिलाई जनताको माझमा पुर्याउन सञ्चारकर्मीलाई आग्रह गर्दै जनतालाई निर्वाचनमा अधिकभन्दा अधिक सहभागी गराउन र निर्वाचनप्रति जनताको उत्साह बढाउन काँग्रेसले स्थापना गरेको मिडिया सेन्टरबाट आमजनता लाभान्वित भएको बताउनुभयो ।

नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष कृष्ण हुमागाईंको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा मिडिया सेन्टरका प्रमुख सुरेशकुमार आचार्यले पनि स्थानीय निकाय, निर्वाचन र काँग्रेसको भूमिकाका विविध पक्षमाथि प्रकाश पार्नुभयो । रासस