– मिना बुढाथोकी
सल्यान, २ असार । सल्यानमा गाडिको ठक्करबाट एक बालकको मृत्यु भएको छ । ढोरचौर गाउपालिका १ मोख्लामा भे १ च १५४१ नं को गाडिको ठक्कर बाट ७ वर्षीय बालक गोपाल बस्नेतको मृत्यु भएको सल्यानका डिएसपि श्याम बहादुर खत्रीले जानकारी दिनु भयो ।
बालकको घटनास्थलमा नै ज्यान गएको बताइृएको छ । घटनाको थप विस्तृत विवरण आउन बांकी रहेको र घटनास्थलमा प्रहरी पठाई सकेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।
गाडिले बालकलाई ठक्कर दिएपछि चालक भागेको र स्थानीयवासीले गाडि तोडफोड गर्दै उचित क्षतिपुर्तिको मागसहित बाटो बन्द गरेको खबर प्राप्त भएको छ ।












प्रतिक्रिया