३ कार्तिक २०८३, मंगलबार

एकताको फिल्मबाट सनी लियोन आउट

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । निर्मात्री एवम् नायिका एकता कपुरले सुपरहिट फिल्म ‘रागिनी एमएमएस २’को सिक्वेल बनाउँदै छिन् । खास कुरा यो हो कि, फिल्ममा अभिनेत्री सनी लियोन अटाइनन् । सिक्वेलमा सनीलाई रिया सेनले ‘रिप्लेस’ गरेकी छिन् ।

यसको कारण खोज्दै जाँदा ‘रागिनी एमएमएस २’को सुटिङको अवस्थामै पुग्नुपर्छ । त्यतिखेर एकता सनीसँग खुसी नभएको खबर आएको थियो ।

उनलाई सनीले दिक्क बनाएको खबर चर्चामा थियो । त्यतिखेरको काम सोचेजस्तो नभएर नै एकताले सिक्वेलमा सनीलाई नरोजेको खबर छ ।

त्यतिखेर एकताले सनीमार्फत फिल्ममा हरर सिन राख्ने सोचेकी थिइन् । उनले सनीको ‘पोर्न इमेज’को फाइदा उठाउने कोसिस पनि गरिन् ।

तर, सनीले ‘बोल्ड सिन’ दिन इन्कार गरिदिइन् । यो कुराले एकतालाई दुःखी तुल्यायो । सनीको यही व्यवहारका कारण उनी कहिल्यै सँगै काम नगर्ने निर्णयमा पुगिन् । यसकारण रागिनी एमएमएस २ को सिक्वेलमा उनले सनीलाई लिइनन् । – एजेन्सी