३ कार्तिक २०८३, मंगलबार

हलिउड फिल्ममा चल्न सकेनन् दीपिका र प्रियंका

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउड नायिका दीपिका पादुकोण र प्रियंका चोपडा अभिनित हलिउडका फिल्मले बक्स अफिसमा कुनै कमाल देखाउन सकेनन् । उनीहरूको फिल्मको घरेलु दर्शकले नै मजाक उडाए ।

प्रियंकाको ‘बे–वाच’ वर्ल्डवाइड नै फ्लप भयो भने दीपिकाको ‘एक्सएक्सएक्स–द रिर्टन अफ जेन्डर केज’ले औसत व्यापार ग-यो । फिल्ममा दीपिकाको अभिनयले राम्रै चर्चा पाएको थियो ।

त्यसकारण नै होला, दीपिकाले यो फिल्मको अर्को सिरिजमा पनि अभिनय गर्न पाएकी छिन् । आफ्नो नयाँ फिल्म ‘एक्सएक्सएक्स ४’मा दीपिकालाई लिइने पुष्टि निर्देशक डिजे करुसोले गरेका छन् ।

सोसल मिडियामा निर्देशक डिजेलाई एकजना दर्शकले दीपिकाबारे सोधेका थिए । उत्तरमा उनले आफ्नो नयाँ फिल्ममा प्रियंकासहित अघिल्लो फिल्मका सबै मुख्य कलाकार दोहोरिने बताएका हुन् ।

दीपिका अचेल सञ्जयलीला भन्सालीको ‘पद्मावती’मा व्यस्त छिन् । उनलाई बलिउडका ठूला ब्यानरले समेत अफर गरेको खबर छ । दीपिका बलिउड र हलिउडमा समय मिलाएर छाइरहन चाहन्छिन् । – एजेन्सी