२१ कार्तिक २०८३, शनिबार

सुनवललाई स्मार्ट सिटी बनाउँछुः एमाले मेयर उम्मेदवार विमला अर्याल

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– मोहन पौडेल

परासी, १ असार । दोस्रो चरणको स्थानीय तहको निवार्चन नजिकिदै गर्दा राजनीतिक दलहरुले चुनावी अभियानलाई तिव्रता दिएका छन् । यतिबेला सुनवल नगरपालिकामा पनि चुनावी सरगर्मी ह्वात्तै बढेको छ । सुनवल नगरपालिकामा यति वेला विभिन्न राजनैतिक दलहरुले घरदैलो कार्यक्रमलाई तिव्रता दिएका छन् । चुनावि अभियानलाई तिव्रता दिदै नेकपा एमाले ले घरदैलो कार्यक्रम लगायत चुनावी सभाहरु विभिन्न वडाहरुमा संचालन गरेको छ ।

नेकपा एमाले जिल्ला सह संयोजक तथा निर्वाचन परिचालन समितिका संयोजक थान प्रसाद गैरेको नेतृत्वमा वुधवार सुनवल नगरपालिका वाड न ६ मा सम्पर्क कार्यलय तथा चुनावि सभा सम्पन्न गरेको एमालेले आज सुनवल नगरपालिका वाड न ३ मा घरदैलो कार्यक्रम तिव्रता दिएको हो । नेकपा एमालेको तर्फवाट सुनवल नगरपालिकाका मेयर उम्मेदवार विमला अर्याल, उपमेयर उम्मेदवार दधिराम अर्याल साथै वडा अध्यक्षका उम्मेदवार कर्णवहादुर शेन लगाएतका उम्मेदवार सहित सयौंको उपस्थीतिमा चुनाव प्रचार प्रसार तथा घरदैलो कार्यक्रम सम्पन्न भएको छ ।

सो कार्यक्रममा केन्द्रीय स्कुल विभागका सदस्य घरश्याम कोइराला, निर्वाचन परिचालक संयोजक थान प्रसाद गैरे, नगरसचिव ओम वहादुर पुन लगाएत ले चुनावि सभालाई सम्वोधन गर्दै सुनवल नगरपालिकाको विकासको लागी नेकपा एमाले को विकल्प नभएको वताउदै एमालेको प्यानललाई नै विजयी वनाउन आग्रह गर्नुभएको प्रचार संयोजक एवँ एमाले जिल्ला सदस्य रेशम शर्माले बताउनुभयो ।

घरदैलो अभियानमा मेयर उम्मेदवार विमला अर्याल ले सुनवल नगरपालिकालाई नेपालको उत्कृष्ट र सुविधा सम्पन्न अत्याधुनिक स्माष्र्ट सिटि वनाउने योजना एमाले सँग रहेको ले एमालेलाई सुर्य चिन्हमा मतदान गरि जनताको समृद्ध नगर र नगरवासिको सपना पुरा गर्न आग्रह गर्नुभयो । त्यसै गरि उपमेयर उम्मेदवार दत्रिराम अर्यालले जनताको चहाना र विश्वसको आधारमा सुनवललाई विगतमा जस्तै कुशल नेतृत्व प्रधान गर्न एमाले प्रतिवद्ध रहेको वताउनु भयो ।