२१ कार्तिक २०८३, शनिबार

निर्वाचनको मुखैमा गुल्मीमा कांग्रेस–एमाले कार्यकर्ताबीच कुटाकुट, दुई युवा घाइते

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गुल्मी असार १ । गुल्मीमा दुई समुह बिच आक्रमण हुदा दुई युवा घाइते भएका छन् । बुधवार राती दरवार गाउँपालिका ४ को बिरवासमा कुटपीटबाट गुल्मी दरवार गाउँपालिका ४ का ३४ बर्षिय सुर्य बहादुर पल्ली र ओम बहादुर रजाली घाइते भएका छन् ।

उक्त घटनामा चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरिक्षक सत्य नारायण यादवले बताए । दुवैजनाको टाउकोमा गम्भीर चोट लागेको जिल्ला अस्पताल तम्घासले जनाएको छ । आरोपित युवाहरुको समुह बिरवास बजारमा भोज भैरहेको एक होटलमा पुगेर एक्कासी कुटपीट गरेको घाइते सुर्य बहादुर पल्लीले बताए । ‘घाइतेले भने होटल बाहिर बोलाएपछि म बाहिर आएँ,’ उनले भने,‘ त्यसपछि एक्कासी टाउकोमा रडले हाने ।’

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक महेन्द्र नेपालका अनुसार मादक पदार्थ सेवन, पुरानो रिसिवी घटना घटेको हुनसक्ने बताए । ‘कुट्नेहरु हिरासतमा छन, अनुसन्धान गरिरहेका छौ’नेपालले भने‘अहिले सम्म केहि पुरानो रिसिवी र मादक पदार्थ सेवन देखिएको छ, राजनैतिक प्रतिसोध पनि हुनसक्छ ।’ कुटपीट गर्ने युवाहरु कांग्रेस र कुटिने युवाहरु एमाले समर्थक कार्यकर्ता भएको प्रहरीले जनाएको छ ।

घटनालाई जिल्ला तथा स्थानीय एमाले नेताहरुले नियोजित आक्रमण भएको बताएका छन् । नेकपा एमालेको तर्फबाट गुल्मी दरवार गाउँपालिका ४ विरवासका वडाध्याक्ष खुम बहादुर पल्लीले आफु माथी पटक पटक कांग्रेसहरुले धम्की दिनेगरेको तर अहिले अरु युवा कुटपीट भएको बताए । एमाले जिल्ला कमिटी सचिवालय सदस्य कृष्ण सुनारले नियोजित कुटपीटको बिरुद्ध प्रतिबाद भन्दा कानुनी उपचार खोज्ने बताए । ‘कांग्रेसले शक्ति देखाए हामी त्यो चाहेका छैनौ, उनले भने, ‘पार्टी गुण्डा गर्दीले चल्दैन बिचारले चल्ने कुरा हो ।’

नेपाली कांग्रेस बिरवासका उमेदवार भुपेन्द्र कडेलले कुनै राजनैतिक प्रतिशोध नभएर बिबादमा धकेला धकेल हुँदा दुई जना घाइते भएको बताए । ‘पहिलेबाटै राजनैतिक रङ्ग देखिएको थियो, बुधबार घटना घट्यो,’ कडेलले भने, ‘साथीहरुलाई संयमित बनाएर ठुलो घटना हुन दिएनौ ।’ पीडितका आफन्तले कुटपीट गर्ने आरोपित बिरुद्ध प्रहरीमा उजुरी दिने तयारी गरेका छन् । घाइते दुवै जनाको जिल्ला अस्पताल तम्घासमा उपचार भैरहेको छ ।