२१ कार्तिक २०८३, शनिबार

फेरि सर्यो आईजीपी नियुक्तिसम्बन्धी मुद्दाको सुनुवाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ असार । प्रहरी महानिरीक्षक नियुक्तिसम्बन्धी मुद्दा यही असार १५ गतेका लागि सरेको छ ।

गत जेठ १८ गते हेर्दाहेर्दैमा आज हुने तय भए पनि पुनःसरेर असार १५ गते सुनुवाइ हुने तय भएको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिनुभयो ।

न्यायाधीश चोलेन्द्रशम्शेर जबरा, जगदीश शर्मा पौडेल, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, सपना मल्ल, तेजबहादुर केसी र पुरुषोत्तम भण्डारीको बृहत् पूर्ण इजलासमा सुनुवाइ सुरु भई बहस बाँकी भएको हुँदा मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो ।

सरकारले प्रहरी महानिरीक्षकमा प्रकाश अर्याललाई नियुक्त गरेपछि वरियता क्रममा आफू पहिलो नंमा भएकोे जिकिर गरी आफूलाई प्रहरी महानिरीक्षक बनाउन माग गर्दै प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले रिट निवेदन दायर गर्नुभएको थियो । रासस