सल्यान, १ असार । सल्यानमा घर भत्किएर दुई जनाको मृत्यु भएको छ ।
आज बिहान पौने आठ बजे तीर जिल्लाको छत्रेश्वरी गाँउपालिका वडा नं. २ डिग्रे स्थित रविन्द्र घर्तिको घर भत्किदा उहाँको माईलो छोरा कृष्ण घर्ती कि २४ बर्षिय श्रीमती सुशिला घर्ती र उहाँको १८ महिनाको छोरा टिकाराम घर्तीको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।
घर भत्कदा रविन्द्र घर्तिका २१ बर्षिय कान्छो छोरा खगेन्द घर्ती घाईते हुनु भएको छ । उहाँको टाउकोमा चोट लागेको र अबस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
घरमा टिनको छाना लगाउने भनेर खरको छाना फालेर मर्मत गर्ने क्रममा घरको माथिल्लो तलाको दलिन भाँचिएर दोस्रो तलामा खसेको र दास्रो तलाको दलिन पनि भाँचिएर खसे पछि भुई तलामा खाना पकाउदैँ गरेका आमा छोराको घटना स्थलमा नै मृत्यू भएको प्रहरीले जनाएको छ ।













प्रतिक्रिया