२१ कार्तिक २०८३, शनिबार

राप्ती गाउँपालिकामा सुवेदीले पाए कांग्रेसबाट टिकट, यस्ता छन् उनका योजना

4.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भालुबाङ, १ असार । दाङ जिल्लाको देउखुरी उपत्यकास्थित राप्ती गाउँपालिकाको प्रमुखमा नेपाली कांग्रेसले नुमानन्द सुवेदीलाई टिकट दिएको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयद्वारा उपलब्ध गराइएको पत्रअनुसार सुवेदीलाई प्रमुखमा टिकट दिइएको हो । दाङ क्षेत्र नं. दुईकी प्रत्यक्ष निर्वाचित सांसद सुशीला चौधरीको पहलमा सुवेदीले टिकट पाएका हुन् । सांसद चौधरी नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्का निकट मानिन्छिन् ।

राप्ती गाउँपालिकामा प्रकाश चौधरीको चर्चा रहे पनि अन्तिम समयमा कांग्रेस केन्द्रीय कार्यालयले सुवेदीलाई टिकट दिएको हो ।

टिकट पाएसँगै सुवेदीले राप्ती गाउँपालिकामा आफ्नो प्रचार प्रसारलाई तीब्रता दिएका छन् । कसरी चुनावको तयारी थाल्नु भएको छ भन्ने प्रश्नमा सुवेदीले भने, ‘कांग्रेसले टिकट दिएको छ । सबै कार्यकर्ता र नेताको भावना तथा स्थानीयहरूको सहयोग लिएर चुनावी मैदानमा जाँदैछु । टिकट नपाएका असन्तुष्ट साथीहरूलाई पनि साथमा लिनेछु ।’ उनले असन्तुष्ट साथीहरूर्लाइ कांग्रेसका उम्मेदवारहरूको प्रचारमा लाग्न अपील पनि गरेका छन् ।

आफू निर्वाचित भएपछि राप्ती गाउँपालिकाको स–साना विकासका कार्यक्रममा ध्यान दिने बताएका सुवेदीले भने, ‘मेरो पहिलो प्राथमिकता भनेको शिक्षामा हुनेछ । समाज शिक्षित भयो भने विकासले आफै बाटो लिन्छ । जागरुक समाजले विकास आफै गर्छ । शिक्षाका साथै मेरो प्राथमिकता भनेको युवाहरूलाई आत्मनिर्भर बनाउन पहल गर्नेछु ।’

तराईले टिकट पाएपछि कांग्रेसभित्रै विवाद सुरु भए छ ? भन्ने जिज्ञासामा सुवेदीले भने, ‘टिकट वितरणमा आलिअलि विवाद त आइहाल्छ नि । म तत्कालीन लालमटिया गाविस (हाल राप्ती गाउँपालिका) को कांग्रेस सभापति भइसकेको व्यक्ति हुँ । सबैलाई समेटेर अगाडि बढ्ने सोँच बनाएको छु ।’

थारु समुदायको बाहुल्यता रहेको राप्ती गाउँपालिकालाई सुवेदीले होमस्टेदेखि थारु विद्यार्थी र युवाका लागि विशेष कार्यक्रम ल्याउने योजना पनि बनाएका छन् ।