२१ कार्तिक २०८३, शनिबार

धुलिखेलमा चार दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धुलिखेल, १ असार । केही समय यता ग्रामीण क्षेत्रमा महिलाहरु निकै सचेत भएका छन र सचेतनाको क्रम बढदै पनि गएको छ ।

ग्रामीण क्षेत्रका महिलाहरुले भनेका छन पहिले पहिले छोरीलाई स्कुल समेत नपठाउने चलन थियो भने अहिले त्यो सोचमा परिबर्तन आएको छ र स्कुलमा छात्राहरुको संख्या बढदो छ ।

राजनीतिमा महिलाको निर्णायक सहभागिता, मानब अधिकार महिला अधिकार र शान्तिका लागि क्रियाशील जागरण नोपलको आयोजनामा धुलिखेलमा भएको चार दिने महिला अधिकार राजनीति र निर्णायक तहमा महिला सहभागिता बिषयक प्रशिक्षक प्रशिक्षण कार्यक्रममा बिभिन्न गाउबाट महिलाहरुले स्थानीय निकायको निर्बाचनपछि महिलाहरुमा थप जागरण र सचेतना आउने र उनीहरु बिकास निर्माणमा पनि प्रभाबकारी रुपमा लाग्ने बिश्वास ब्यक्त गरेका छन ।

नेपाली काग्रेस , नेकपा एमाले, नेकपा माओबादी केन्द्र, राष्टिय प्रजातन्त्र पार्टीका प्रतिनिधि , बिभिन्न पार्टीका हालै सम्पन्न पहिलो चरको स्थानीय तहको निर्बाचनमा निर्बाचित केही जनप्रतिनिधि , नागििरक संगठनका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा महिला अधिकार, मानब अधिकार , राजनीतिमा महिला सहभागिता , निर्णायक तहमा सहभागिता, निर्बाचित जनप्रनिनिधिले गर्नुपर्ने , मिडयांसंग कसरी सबन्ध राख्ने र संचार माध्यमको भुमिका जस्ता प्रशिक्षण दिइएको थियो ।

चार दिने प्रशिक्षणमा सहभागी महिलाहरुले ग्रामीण तहमा अझै महिलाहरुलाई सचेत बनाउनु पर्ने खाचो छ र यस्ता कार्यक्रम गाउ गाउमा पुरयाउनु पर्ने कुरामा जोड आफुहरु नै सिकेका धेरै बिषयहरु छ न तिनलाई ब्यबहारमा लैजाने अन्य महिलाहरुलाई प्रशिक्षण दिने प्रतिबद्धता ब्यक्त गरेका छन ।

प्रशिक्षण प्रशिक्षक प्रकाश पोख्रेल, बरिष्ठ पत्रकार टंक पन्त, जागरण नेपालकी ब्यबस्थापक मीना बिष्ट, धुलिखेल नगरपालिकाकी उपप्रमुख बिमला शर्मा, पाचखाल नगरपालिकका उपप्रमुख लक्ष्मी दनुवार, जिल्ला निर्बाचन अधिकृत मधुकर प्रसाद पौडेल, अधिकार कर्मी भोजराज तिमिल्सिना, जागरण काभ्रेकस् सयोजक शोभा ढुगानाले दिनुभएको थियो ।

कार्यक्रम समापन कार्यक्रममा प्रमाण पत्र बितरण गर्दे बरिष्ठ पत्रकार पन्तले महिलाहरुले सिकाइको प्रस्तुतिले आफुलाई निकै खुशी बनाएको भन्दै बधाइ दिनुभएको थियो भने ब्यबस्थापक मीना बिष्टले ग्रामीण महिलालाई नेतृत्वमा ल्याउने बिकास गर्न आपनो संस्थाले बिगतमा जस्तै थप प्रभाबकारी भुमिका खेल्ने बिश्वास ब्यक्त गर्नुभएको छ ।