कालिकोट, १ असार । कालिकोटको धौलौगौ गाविसको खानेपानी आयोजनामा अनियमितता भएको आरोप लागेको छ ।
युवा संघ नेपालका केन्द्रीय लेखा समिति सदस्य वकिल बमले खानेपानी आयोजनामा भ्रष्टाचार गर्ने गाविस सचिव विष्णुकान्त प्याकुरेललाई कारवाहीको माग गरेका हुन् । बम कालिकोटमा बासिन्दा हुन् ।
बमका अनुसार धौलौगौ गाविसका सचिव विष्णुकान्त प्याकुरेल खानेपानी योजनाका उपभोक्ता समितिका अध्यक्ष हुन् । अध्यक्ष भएर प्याकुरेलले हालसम्म योजना पूरा नगरी अनियमितता गर्दा भतेडाको मुहानबाट वडा नम्बर १ २ ३ का जनताले अहिलेसम्म खानेपानी नपाएको भन्दै बमले कारवाहीको माग गरेका हुन् ।
उनले भनेका छन्– ‘कालिकोट जिल्ला धौलौगौ गाविसका सचिव विष्णुकान्त प्याकुरेल उक्त धौलौगौ गाविस खानेपानी योजनाका उपभोक्ता समितिका अध्यक्ष भई हालसम्म योजना पूरा नगरी भतेडाको मुहानबाट वडा नम्बर १ २ ३ को जनताले अहिलेसम्म पानी खान नपाएको हुँदा सम्पूर्ण बजेट भ्रष्टाचार गरी नेपाल सरकारको खरिदार सरहको कर्मचारीले पानी नखुवाएको हुँदा दुःख व्यक्त गर्न चाहन्छु । निजलाई सम्बन्धीत निकायले कारवाही गरोस् ।’
उक्त आयोजना बनेपछि सो क्षेत्रका हजारौं स्थानीय लाभाम्वित हुनेछन् । यसबारेमा बुझ्न खोज्दा गाविस सचिव प्याकुरेलसँग सम्पर्क हुन सकेन् ।












प्रतिक्रिया