१ कार्तिक २०८३, आइतबार

सेबसँग ग्रिनल्याण्डको लज्जास्पद हार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ जेठ । सेब तेश्रो लालीगुराँस अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

सेबले डिफेन्डिङ च्याम्पियन ग्रिनल्यान्डलाई ३३–२७ ले पराजित ग-यो । सेबको जितमा बाबुराम पुनले २५ अंक योगदान गरे ।

जुनियर ब्वाइजमै आयोजक लालीगुराँस नेसनल एकेडेमी ‘ए’, महामञ्जुश्री र नेरिक पनि आ–आफ्नो खेल जित्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल रहे ।

लालीगुराँस ‘ए’ ले ग्रिनफिल्डलाई ३२–२४ ले हरायो । लालीगुराँसको जितमा प्रिन्स केसीले १४ अंक योगदान गरे । महामञ्जुश्रीले आयोजक लालीगुराँस ‘बी’ लाई ५०–२० ले पाखा लगायो ।

विजेताका महेश खड्काले उत्कृष्ट प्रदर्शन गर्दै ३५ अंक जोडे । नेरिकले एन्जल्स हर्टको चुनौती १९–१५ ले समाप्त पा-यो । नेरिकका समित खत्रीले ८ स्कोर गरे । सेमिफाइनलमा नेरिकको भेट सेबसंग हुनेछ भने लालीगुराँसले महामञ्जुश्रीको सामना गर्नेछ ।

सियिनर गल्र्समा ईडेन ब्रिज एकेडेमीले युनिभर्सललाई २५–१३ ले पाखा लगाउदै सेमिफाइनलमा पुग्यो । उक्त खेलसंगै गर्ल्सको सेमिफाइनल समीकरण पनि तयार भएको छ । सेमिफाइनल ईडेन र हिमालयन एकेडेमी तथा ग्रिनल्यान्ड र युभिर्सलबीच हुनेछ ।